Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक


काठमाडौं । एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने भएका छन् । आम मानिसलाई मोबाइल डेटामार्फत सधैं अन अर्थात् अनलाइन राख्ने आफ्नो प्रतिबद्धताबमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्यरूपमा घटाउँदै शुल्क परिमार्जन गरेको छ ।

एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्यान्ड रहेका छन् । परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो । यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाइन्छ र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु आवश्यक पर्दैन । डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले करसहित दैनिक मात्र ७९ दशमलव ८८ रुपैयाँमा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन् । यो शुल्क यस अघिको दैनिक १९० दशमलव १८ रुपैयाँको तुलनामा ५८ प्रतिशतले कम हो ।

त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरूले करसहित मात्र १९० दशमलव १८ रुपैयाँमा प्रतिदिन डेटा सेवाको फाइदा लिन सक्छन् । परिमार्जनअघि यी गन्तव्यहरूमा दैनिक डेटा रोमिङको शुल्क छ सय ३३ दशमलव ९३ रुपैयाँ रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ । ग्राहकले एस्ट्रिक्स १७१२९ एस्ट्रि«क्स २ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार यो प्याक सुचारु गर्न सक्छन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स १२३ ह्यास डायल गरी यो प्याक सजिलै लिन सक्छन् । त्यस्तै, इच्छुक ग्राहकले एनसेल एप वा एनसेलको वेभसाइटबाट पनि प्याक लिन सक्ने सुविधा रहेको छ ।

ग्राहकहरूले देशभित्र वा नेपालबाहिर रहँदा पनि विभिन्न वालेटमार्फत सजिलै ब्यालेन्स रिचार्ज गरेर डेटा प्याक खरिदका साथै अरू कार्य गरी सधैँ कनेक्टेड रहन सक्छन् । सधैँ अन योजनालाई ध्यानमा राख्दै परिमार्जन गरिएको डेटा रोमिङको शुल्कले यी देशहरूमा विविध उद्देश्यका राखी यात्रा गर्ने एनसेलका ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । यो प्याक सुचारु गर्न कुनै शुल्क पनि लाग्दैन । यी देशहरूमा जाँदा रोमिङ स्वतः सुचारु हुन्छ र ग्राहकले सिधै दैनिक डेटा रोमिङ खरिद गरी डेटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानुभन्दा अघि वा विदेश पुगिसकेपछि पनि सुचारु गर्न सक्छन् । एनसेलको रोमिङ सेवा विश्वका एक सयभन्दा बढी देशहरूमा उपलब्ध छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x