Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदिल्लीको तापक्रम ५२ डिग्री सेल्सियस

दिल्लीको तापक्रम ५२ डिग्री सेल्सियस


नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ । दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम बुधबार ५२ दशमलव तीन डिग्री सेल्सियस रेकर्ड गरिएको छ । दिल्लीको अन्य ठाउँहरुमा करिब ५० डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुनसक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रले बधुबार केन्द्रीय राजधानी नयाँ दिल्लीमा उच्च तापक्रम रेकर्ड गरेको हो । केन्द्रले यसअघि गत आइतबार मुङ्गेशपुरको तापक्रम ४८ दशमलव तीन डिग्री सेल्सियस मापन गरेको थियो ।

भारतीय मौसम विज्ञान विभागले पनि अपेक्षा गरिएभन्दा धेरै नै तापक्रम बढिरहेको जनाएको छ । विभागले बुधबार र बिहीबार दिल्लीलगायतका देशको उत्तरी भागमा धेरै गर्मीको लहर (लू)को चेतावनी जारी गरेको छ । हिमाचल प्रदेश, विदर्भ र छत्तीसगढका विभिन्न भागमा लू चल्ने सम्भावना छ ।

दिल्लीको इन्टरभेन्सनल कार्डियोलोजी फोर्टिस एस्कट्र्स हार्ट इन्स्टिच्युटका कार्यकारी निर्देशक डा. अतुल माथुरले हृदय प्रणालीको समस्याबारे चेतावनी दिँदै नयाँ दिल्लीमा आईएमडीको लूको चेतावनीबीच शरीरलाई ‘हाइड्रेटेड’ राख्न सुझाव दिएका छन् । ‘हाम्रो देशले आक्रामक तापक्रमको सामना गरिरहेको छ । यसका कारण सामान्य व्यक्तिलाई पनि हृदयाघातको समस्या हुनसक्छ । यदि तपाईँले पानी पिउनुभएको छैन भने तपाईं निर्जलित हुनुहुनेछ । पहिलेदेखि नै मुटुको समस्या भएकाहरूको रक्तचाप बढ्छ । मुख्य चिन्ता निर्जलीकरण हो । चर्को गर्मीमा ज्येष्ठ नागरिकहरूले बाहिर निस्कनु हुँदैन । आफूलाई हाइड्रेटेड राख्नका लागि नियमितरूपमा पानी पिउनुपर्छ’, उनले भने ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x