सार्वजनिक निर्माण र परामर्श सेवा खरिदको ‘स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट’ परिमार्जन हुने
काठमाडौं । सार्वजनिक निर्माण र परामर्श सेवा खरिदको ‘स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट’ परिमार्जन हुने भएको छ । सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण गर्दै ‘बिडिङ डकुमेन्ट’ परिमार्जन गर्ने जानकारी दिएको हो ।
त्यसका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको संस्थागत सुदृढीकरण गर्ने, सार्वजनिक निर्माण र परामर्श सेवा खरिदको स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट परिमार्जन गर्ने, विद्युतीय खरिद प्रणालीलाई सुदृढ गरी निर्माण व्यवसायी र परामर्शदाताको विवरण एकीकृतरूपमा प्राप्त गर्ने व्यवस्था मिलाउने उद्घोष पनि सरकारले गरेको छ । ठेक्का व्यवस्थापनमा संलग्न निर्माण कम्पनीको तेस्रो पक्षबाट रेटिङ गराई मूल्यांकनको आधारको रूपमा लिन सकिने व्यवस्था मिलाउने भएको छ । तीन सय आयोजनाको प्रभावकारी कार्यान्वयन गरी तोकिएको समयमा नै सम्पन्न गर्न आन्तरिक प्रतिस्पर्धाको आधारमा आयोजना प्रमुख छनौट गर्ने र कार्यसम्पादन सम्झौतामा तोकिएको न्यूनतम अंक हासिल नगरेमा बाहेक आयोजना अवधिभर सरुवा नगर्ने गरी मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने उद्घोष पनि सरकारले गरेको छ ।
विकास आयोजना कार्यान्वयनसम्बन्धी एकीकृत ऐन तर्जुमा गर्ने उद्घोष पनि सरकारले गरेको छ । आयोजना कार्यान्वयनमा सरोकारवाला र समुदायको संलग्नता अभिवृद्धि गर्ने भएको छ । राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउने, तोकिएको समयअगावै आयोजना सम्पन्न गर्ने कर्मचारी र निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने, आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन कार्ययोजना २०८१ असार मसान्तभित्र र आवश्यक कार्यविधि, मापदण्ड र निर्देशिका २०८१ साउन मसान्तभित्र तयार गरिसक्ने व्यवस्था गरेको छ ।
केही निर्माण व्यवसायीहरूले भने बजेटले निर्माण व्यवसायसँग सम्बन्धित अनलाइन बिडिङलगायतका सबै समस्याको समाधान गर्नुपर्नेमा प्रस्टसँग केही उल्लेख नभएको बताएका छन् ।
‘सार्वजनिक खरिदका प्रक्रियामा निगेटिभ डिस्काउन्टलाई अपव्याख्या गरी गणितको सर्वमान्य सिद्धान्तविपरीत निगेटिभ डिस्काउन्टमा मूल्य अझै घट्छ भन्ने भाष्य स्थापित गराउन खोजिएको छ, तर यो होइन, माइनस माइनस प्लस हुन्छ, निगेटिभ डिस्काउन्टमा मूल्य घट््ने होइन मूल्य बढ्छ, यसको बारेमा राज्यले एउटा सही भाष्य स्थापित गर्नुपर्छ’, निर्माण व्यवसायी कमल बानियाँले भने । यस विषयमा सही भाष्य स्थापित हुन नसक्दा निर्माण व्यवसायीहरूले विभिन्न किसिमको समस्या झेल्नुपरेको उनले बताए । इन्जिनियर सुरज प्रधानले पनि निगेटिभ डिस्काउन्टमा कुनै पनि वस्तुको मूल्य घट्ने नभई बढ्ने हुन्छ भन्दै सम्बन्धित सरोकारवाला निकायहरू यसबारेमा प्रस्ट हुनपर्ने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया