रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस चाँडै ल्याउने भएको छ । आकर्षक डिजाइन तथा अत्याधुनिक प्रविधिको साथ यो फोनले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने रियलमीले अपेक्षा राखेको छ ।
रियलमी १२ प्रो प्लसमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ । फोनसँगको हरेक अन्तक्र्रियालाई रमाइलो बनाउनको लागि यसमा एक सय २० हटर््जको रिफ्रेस रेट राखिएको छ । क्वाल्कम स्न्याप ड्रयागन सात एस जेन दुई प्रोसेसर तथा चार एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो प्लसमा धेरै एपहरू चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जीबीको ¥यामसँग पाँच सय १२ जीबीको आन्तरिक स्टोरेज दिइएको छ, जुन आवश्यकताअनुसार २४ जीबीसम्म बढाउन पनि सकिन्छ ।
फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरूको लागि रियलमी १२ प्रो प्लसको क्यामरा अतिउपयोगी हुने बताइएको छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नी भिजन ओभि६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनी आईएमएक्स आठ सय ९० ओआईएस क्यामरा, आठ मेगा पिक्सेलको एक सय १२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलको सोनी आईएमएक्स छ सय १५ सेल्फी क्यामराजस्ता अत्याधुनिक सुविधाहरू रियलमी १२ प्रो प्लसमा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरूले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्गजस्ता फिचरहरू रहेका छन् ।
६७ वाटको सुपरभोक सुपरफास्ट चार्जिङयुक्त पाँच हजार एमएएचको ब्याट्रीले गर्दा रियलमी १२ प्रो प्लसका प्रयोगकर्ताहरूले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशुल्क पाइन्छ । नेपालमा रियलमी १२ प्रो प्लसको १२ जीबी ¥याम र दुई सय ५६ जीबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने अनुमान गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया