Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना सार्वजनिक

एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना सार्वजनिक


काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले टी २० क्रिकेट वल्र्ड कप २०२४ को अवसर पारेर ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना सार्वजानिक गरेको छ । क्रिकेट वल्र्ड कप अमेरिका र वेस्ट इन्डिजमा यही जेठ २० गतेबाट सुरु हुँदैछ, जसमा नेपाल सन २०१४ पछि दोस्रो पटक भाग लिँदैछ ।

नेपाली क्रिकेट टिमको र सम्पूर्ण वल्र्ड कप म्याचहरू घरमै बसीबसी हेर्न एलजीले ‘खेल्छ नेपाल घरघरमा’ नामक योजना अघि सारेको हो । यस योजनाअन्तर्गत कुनै पनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र एक लाख रुपैयाँको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ । साथै, एलजी ओलेड टि.भी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एसएन फोर उपहार सित्तैमा पाइनेछ । कम्पनीका अनुसार ३२ इन्च देखी ८६ इन्च साइजसम्ममा उपलब्ध एलजीका टिभीहरू ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन् । एलजीका क्युनेड टिभी, यू क्यु र यू आर सिरिजअन्तर्गतका युएचडी टिभीहरूमा तीन वर्षको फुल वारेन्टी रहेको छ । साथै, कुनै पनि एलजी टिभीको खरिदमा एक लाख रुपैयाँको दुर्घटना बीमा पनि प्राप्त गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x