किमाथांका नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै
संखुवासभा । चीनसँग जोडिएको संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाका सञ्चालनमा आएपछि भोटखोलाको दैनिकी सहज बन्दै गएको छ । जेठ १२ गतेदेखि किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ नाका पुनः सञ्चालनमा आएका थिए । कोरोना महामारीका बेला चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथांकासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो ।
नाका पुनः सञ्चालनमा ल्याई सीमावर्ती क्षेत्रमा सहज आवतजावतको व्यवस्था मिलाउन भोटखोलावासीले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । नाका सञ्चालनमा आएपछि भोटखोलाका व्यापारीले तीन दिनमा एक करोड रुपैयाँबराबरको कारोबार गरेको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । नाका सञ्चालन भएपछि यहाँका ४३ जना व्यापारीले भोटखोलामा उत्पादित जडीबुटी, स्थानीयस्तरमा निर्मित हस्तकलाका सामग्रीबाट एक करोड रुपैयाँ कारोबार गरेका अध्यक्ष भोटेले बताए । ‘भोटखोलाका नागरिकले परिचयपत्रका आधारमा किमाथांका नाकापारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाएको छ । उत्तरी क्षेत्रमा रहेका व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यको उपस्थिति बढ्दै छ’, अध्यक्ष भोटेले भने ।
भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भू–भाग छोएका छन् । त्यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ । आलु र कोदो मात्र उत्पादन हुँदै आएको त्यस क्षेत्रका नागरिकले सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु भित्र्याएर जीविका चलाउँदै आएका थिए । बन्द नाका खुलेपछि त्यो अवसरबाट वञ्चित भएका स्थानीयले अब चिनियाँ भू–भागमा गएर रोजगारी गर्न पाउने अवसर खुलेको छ ।
किमाथांकामा विसं २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो तर द्वन्द्वका कारण विसं २०५७ सालदेखि सदरमुकाम खाँदबारीबाट सञ्चालन हुँदै आएको छ ।
नाका खुलेपछि भोटखोलाका किमाथांका, च्याम्ताङ, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत मिलेको छ । सदरमुकामबाट सडक यातायात नजोडिएकाले खच्चरबाट उपभोग्य वस्तु ढुवानी गर्दा महँगो पर्दै आएको थियो । किमाथांका नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेर मात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी किमाथांका सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीबाट किमाथांकाको दूरी एक सय ६२ किमि छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
- मौन अवधि सुरु, के गर्न पाइँदैन ?
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया