Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा रिलायन्सको जीवन बीमा कोष साढे १३ अर्ब

सानिमा रिलायन्सको जीवन बीमा कोष साढे १३ अर्ब


काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको सेयर पुँजी चार अर्ब १८ करोड रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको तुलनामा ९२ दशमलव ९४ प्रतिशतले नाफा वृद्धि गर्दै ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा जम्मा १५ करोड ७९ लाख रुपैयाँ थियो ।

कम्पनीको महाविपत्ति कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २४ दशमलव १४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको विवरणले देखाएको छ ।

चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीले चार अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा एक सय १८ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चार अर्ब एक करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन एक सय १७ दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको पाइन्छ । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ पुनर्बीमामार्फत खर्चिएको थियो ।

प्रतिसेयर आम्दानी नौ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ ९९ पैसा रहेको कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्च गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x