Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी १२ प्रो दराजमा प्रि–बुकिङको लागि उपलब्ध

रियलमी १२ प्रो दराजमा प्रि–बुकिङको लागि उपलब्ध


काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रो प्लस अब दराजमा अग्रिम बुकिङको लागि उपलब्ध भएको छ । छ दशमलव सात इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन भएको रियलमी १२ प्रो प्लसमा एक सय २० हर्जको रिफ्रेस रेट रहेको छ ।

कम्पनीका अनुसार यो फोनको हरेक खरिदमा तथा निःशुल्क डेलिभरीसहित निःशुल्क टी १०० इयरबड प्राप्त गर्न सकिनेछ । साथै, दराजबाट खरिद गर्ने ग्राहकहरूले एक हजार रुपैयाँको छुट भौचर पनि प्राप्त गर्नेछन् । यसबाहेक ग्लोबल आईएमई बैंकबाट अनलाइन भुक्तानी गर्ने ग्राहकहरूले सात सय ५० रुपैयाँको अतिरिक्त छुट पाउने व्यवस्था छ । यो अफर जेठ १९ देखि जेठ २३ सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । क्वाल्कम स्न्यापड्रागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम ओक्टा सीपीयूमा सञ्चालित रियलमी १२ प्रो प्लसमा धेरै एपहरू चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जीबीको ¥यामसँग पाँच सय १२ जीबीको आन्तरिक स्टोरेज हुन्छ जुन आवश्यक्ताअनुसार २४ जीबीसम्म थप्न पनि सकिन्छ ।

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरूको लागि यो फोनको बहुमुखी क्यामेरा अति उपयोगी हुन्छ । ६४ मेगा पिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्निभिजन ओभि६४बी सेन्सर र ओआईएक्स, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनी आईएमएक्स आठ सय ९० ओआईएस क्यामेरा, ८ मेगा पिक्सेलको एक सय १२ डिग्रीको वाइड एङ्गल क्यामेरा र ३२ मेगा पिक्सेलको सोनी आईएमएक्स५ सेल्फी क्यामेराजस्ता अत्याधुनिक सुविधाहरू यो फोनमा छ । १६१ दशमलव ४७ मिलिमिटरको लम्बाइ, ७४ दशमलव ०२ मिलिमिटरको चौडाइ र आठ दशमलव ७५ मिलिमटरको उचाइ रहेको रियलमी १२ प्रो+ स्मार्टफोनको तौल करिब एक सय ९६ ग्राम रहेको कम्पनीले जनाएको छ ।

रियलमी १२ प्रो प्लसको प्याकेजमा ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर, एउटा टाइप सी यूएसबी केबल, वारेन्टी कार्ड, सेफ्टी गाइड, क्विक गाइड, सिम इन्जेक्टर पिन, सेफ्टी बक्स, स्क्रिन प्रोटेक्टर राखिएको छ । यो फोन १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको भेरियन्ट नेपालमा उपलब्ध छ । दराजमा सबमरिन ब्लु र एक्सप्लोरर रेड रङ्गमा उपलब्ध रियलमी १२ प्रो प्लसको मूल्य ५० हजार नौ सय ९९ रुपैयाँ राखिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x