Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचन्द्रागिरिमा सवारीको निःशुल्क परीक्षण

चन्द्रागिरिमा सवारीको निःशुल्क परीक्षण


काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणलाई कम गर्ने प्रयासस्वरूप चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा निःशुल्क सवारी परीक्षण गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाले यूएसआईडी स्वच्छ हावा, सवारी परीक्षण कार्यालय, नेपाल ट्राफिक प्रहरी तथा अन्य सरोकार निकायसँग सहकार्य गरेर जेठ १६ र १७ गते उक्त परीक्षण कार्यक्रम आयोजना गरेको हो । उत्सर्जन परीक्षण पास गर्ने सवारी साधनलाई हरियो स्टिकर प्रदान गरिएको थियोे । दुई दिने शिविरमा एक सय सवारी साधनको परीक्षण गरिएको थियो, जसमा ५६ सवारी साधन उत्सर्जन परीक्षणमा उत्तीर्ण भएका थिए भने हरियो स्टिकर नभएका २५ सवारी साधनले हरियो स्टिकर प्राप्त गरेका थिए ।

समयमै सवारी साधन मर्मत सम्भार गर्न नसक्नु, इन्जिनको खराब अवस्था हुनु, एयर फिल्टर बन्द हुनु, इग्निसन कोइल, स्पार्क प्लग, विद्युतीय सर्किट र इएफआई प्रणालीजस्ता भागहरूमा समस्या हुनु, हावा र इन्धनको असन्तुलित अनुपात, ईजीआर भल्भको कमजोर काम, कम गुणस्तरको इन्धन र लुब्रिकेन्टको प्रयोग र टर्बोचार्जर र सुपरचार्जरको समस्या सवारी साधनको उत्सर्जनमा वृद्धि हुनुका मुख्य कारणहरू हुन् । चन्द्रागिरि नगरका प्रमुख धनश्याम गिरीले यो परीक्षणले काठमाडौंको वायु प्रदूषण घटाउन ठूलो मद्दत गर्ने बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने उनको भनाइ थियो ।

दुई दिने कार्यक्रमको उद्देश्य सवारी साधन मालिकहरूलाई उनीहरूको सवारी उत्सर्जनको निःशुल्क मूल्याङ्कन प्रदान गर्ने, सम्भावित प्रदूषण समस्याहरू पहिचान गर्ने र सम्बोधन गर्ने अवसर प्रदान गर्ने रहेको थियो । परीक्षणमा सहभागीहरूले परीक्षणको रिपोर्टका साथै आफ्नो सवारी साधनलाई वातावरणमैत्री बनाउन के गर्न सकिन्छ भन्ने बारे परामर्श पनि पाएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x