Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला

ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला


काठमाडौं । ह्वावेद्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता खुलेको छ । स्नातक तहका विद्यार्थीहरूले सीड्सस्नेप डटकम वेबसाइटमार्फत आफ्नो नाम जुन नौसम्म दर्ता गर्न सक्नेछन् ।

हयात प्लेसमा आयोजित ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ को उद्घाटन कार्यक्रममा दर्ता खुलेको घोषणा गरिएको हो । ‘सिड्स फर द फ्युचर’ नेपालमा लगातार आयोजना गरेको यो ह्वावेको चौथो वर्ष हो । यस बृहत् कार्यक्रममार्फत ह्वावेले नेपालमा आईसीटी पारितन्त्र प्रवद्र्धन डिजिटलाइजेसन, नवप्रवर्तन, उद्यमशीलता र दिगोपनको सेसनद्वारा गरेको छ । कार्यक्रमको उदघाटन ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वांगजुनको स्वागत मन्तव्यबाट सुरु भएको थियो । यस वर्ष ह्वावेले सरकार, शिक्षाविद् र उद्योग विज्ञहरू सम्मिलित विविध निर्णायक समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि यहाँ सह–आयोजक र युनेस्को रणनीतिकरूपमा रहेको थिए ।

यो प्रतियोगिताको दुई महिनामा अन्तर्वार्ता, कार्य र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन् । ‘सिड्स फर द फ्युचर नेपाल’को विजेता चीन गई, त्यहाँ तालिम र छेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन् । भ्रमणका क्रममा उनीहरूले उद्योग विशेषज्ञहरू द्वारा प्राविधिक नवाचार बारे अत्याधुनिक सेमिनारमा भाग लिनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x