भारतमा लोकसभाको मतदान सकियो
नयाँदिल्ली । भारतमा लोकसभा चुनावको अन्तिम चरणको मतदान सकिएको छ । शनिबार (जुन १)का दिन सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढमा बेलुका छ बजेसम्म मतदान भएको थियो ।
शनिबार मतदान भएका मध्ये सबैभन्दा बढी पश्चिम बंगालमा ६९ दशमलव ८९ प्रतिशत, बिहारमा ४८ दशमलव ८६ प्रतिशत, चण्डीगढमा ६२ दशमलव ८० प्रतिशत, ओडिशामा ६२ दशमलव ४६ प्रतिशत, पञ्जाबमा ५५ दशमलव २० प्रतिशत, उत्तर प्रदेशमा ५४ प्रतिशत र हिमाचल प्रदेशमा ६६ दशमलव ५६ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
लोकसभा चुनावको सातौँ तथा अन्तिम चरणको मतदानमा १० करोड छ लाखभन्दा बढी मतदाता आफ्नो मताधिकार प्रयोग गर्न योग्य थिए ।
लोकसभा चुनावको अघिल्लो छ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो । आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशमा पनि विधानसभा चुनावहरू भएका छन् । ओडिशामा पनि पछिल्लो चार चरणमा लोकसभा र विधानसभाको चुनाव एकैसाथ भएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया