विकास बैंकहरूको खराब कर्जा बढ्यो
काठमाडौं । विकास बैंकहरूमा खराब कर्जा बढ्दै गएको छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूको औसत खराब कर्जा चैत मसान्तमा झण्डै चार प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार २०८० चैत मसान्तसम्म विकास बैंकहरूले पाँच खर्ब ९५ अर्ब २५ करोड रूपैयाँ हाराहारी निक्षेप संकलन गरी चार खर्ब ९८ अर्ब ७९ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये तीन दशमलव ६३ प्रतिशतका अर्थात् १८ अर्ब १० करोड ६३ लाख ३१ हजार एक सय रूपैैयाँ खराब कर्जा छ ।
एक वर्ष अघिको तुलनामा शून्य दशमलव ३३ प्रतिशत विन्दु अर्थात् दुई अर्ब ३५ करोड ३७ लाख ९१ हजार एक सय रूपैयाँ खराब कर्जा बढेको छ । २०७९ चैत मसान्तमा विकास बैंकहरूले चार खर्ब ८३ अर्ब २६ करोड ६५ लाख रूपैयाँ निक्षेप संकलन गरी चार खर्ब ३३ अर्ब पाँच करोड ९७ लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसबेला कुल कर्जाको तीन दशमलव ४० प्रतिशत अर्थात् १५ अर्ब ७५ करोड २५ लाख ४० हजार रूपैयाँ खराब कर्जा थियो ।
विकास बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खराब कर्जा बढेको देखिएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई दशमलव ११ प्रतिशत खराब कर्जा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको यस आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन दशमलव ४१ प्रतिशत पुगेको छ । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकमा पनि गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव ९८ प्रतिशत कर्जा खराब देखिएकोमा यस वर्ष बढेर पाँच दशमलव ८६ प्रतिशत पुगेको छ । क्षेत्रीयस्तरको सिन्धु विकास बैंकको खराब कर्जा भने घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव २७ प्रतिशत कर्जा खराब रहेको सिन्धुमा अहिले घटेर तीन दशमलव ६५ प्रतिशतमा झरेको छ । कामना सेवा विकास बैंकमा भने गत आर्थिक वर्ष तेस्रो त्रैमासमा तीन दशमलव २७ प्रतिशत खराब कर्जा रहेकोमा हाल यस्तो कर्जा बढेर तीन दशमलव ५५ प्रतिशत पुगेको छ ।
मुक्तिनाथ विकास बैंकको खराब कर्जा पनि बढेर दुई दशमलव शून्य दुई प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथको खराब कर्जा एक दशमलव ९० प्रतिशत थियो । लुम्बिनी विकास बैंकको खराब कर्जा केही घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन दशमलव ७६ प्रतिशत निष्क्रिय कर्जा रहेको लुम्बिनी विकास बैंकको खराब कर्जा तीन दशमलव ६९ प्रतिशतमा झरेको छ । महालक्ष्मी विकास बैंकको खराब कर्जा पनि केही घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव ६२ प्रतिशत खराब कर्जा रहेकोमा अहिले घटेर चार दशमलव १६ प्रतिशतमा झरेको छ । एक वर्षअघि तीन दशमलव ५५ प्रतिशत खराब कर्जा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा यस वर्ष बढेको छ । अहिले सांग्रिलाको निष्क्रिय कर्जा तीन दशमलव ८४ प्रतिशत छ । गरिमा विकास बैंकमा पनि गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई दशमलव ९५ प्रतिशत कर्जा खराब रहेकोमा हाल यस्तो कर्जाको अनुपात बढेर दुई दशमलव ९७ प्रतिशत पुगेको छ ।
ज्योति विकास बैंकको खराब कर्जा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव ९५ प्रतिशत छ । जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा एक दशमलव शून्य छ प्रतिशत विन्दुले बढी हो । गतवर्ष ज्योति विकासको खराब कर्जा तीन दशमलव ८९ प्रतिशत थियो । कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा पनि बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा चार दशमलव १८ प्रतिशत रहेको खराब कर्जा यस आर्थिक वर्षको सोही अवधिमा चार दशमलव ९५ प्रतिशत पुगेको छ ।
क्षेत्रीयस्तरको कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा पनि एक वर्षमा तीन दशमलव २६ प्रतिशतबाट बढेर चार दशमलव ९६ प्रतिशत पुगेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, नारायणी विकास बैंकलगायतका बैंकहरूको खराब कर्जा पनि बढेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया