रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग
काठमाडौं । स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो, जहाँ ठूला कम्पनीहरू र नयाँ खेलाडीहरू सधैं ग्राहकहरूको ध्यान आकर्षित गर्न कोसिस गर्छन् । यस्तो बदलिँदो अवस्थामा, रेड्मी नोट १३ सिरिजले किफायती मूल्यहरूमा उत्कृष्ट सुविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको छ ।
यस सिरिजले गत वर्षजस्तै किफायती मूल्यमा अपग्रेड गरिएका बलियो फिचरसहितका स्मार्टफोनहरू प्रदान गर्ने लक्ष्य राखेको छ । सोहीअनुसार कम्पनीले रेड्मी नोट १३ हालै नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार रेड्मी नोट १३ को सात दशमलव ९७ एमएम मोटाइ र एक सय ८८ दशमलव पाँच ग्रामको तौलले यसलाई स्लिम र हल्का तौल बनाउन सढाएको छ । यसको मनमोहक छ दशमलव ६७ इन्च एमोलेड डिस्प्ले, २४००, १०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभव दिने कम्पनीको दाबी छ । साथै यसमा आईपी ५४ डस्ट र स्प्ल्यास रेजिस्ट्यान्स समेत उपलब्ध छ ।
कम्पनीका अनुसार स्न्यापड्रागन छ सय ८५ चिपसेटसहित रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स दिनेछ । एन्ड्रोइड १४ र हाइपर ओएसको सहायताले यो डिभाइस निर्बाधरूपमा चल्नेछ । साथै यो फोन आवश्यकताअनुसार छ वा आठ जीबी र्याम रोज्न र १२८ वा २५६ जीबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् । रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदान गर्छ । रेड्मी नोट १३ मा दुई सय एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीहरूमा छुट्टै चमक ल्याउनेछ । यस्तै यो फोनमा ५००० एमएच ब्याट्री, ३३ वाटको फास्ट चार्जर रहेको पाईन्छ । साथमा यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र थप सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।
एन्ड्रोइड १३ र एमआई यूआई १४ मा चल्ने रेड्मी नोट १३ मा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकताअनुसार साओमी हाइपर ओएस पनि अपग्रेड गर्न सक्छन् । साथै इन–डिस्प्ले फिङ्गर सेन्सरसहित प्रयोगकर्ताहरूलाई सरल तथा आवश्यकताअनुसारको फिचरहरू प्रदान गर्छ । डल्बी एटमसले ट्युन गर्ने डुबल स्टेरियो स्पिकर, तथा १८ सय निट्सको ब्राइटनेसले गर्दा यो फोन गेमिङ तथा भिडियोको लागि पनि उत्कृष्ट फोन बनेको छ । यसबाहेक रेड्मी नोट १३ लाई धुलो तथा पानी प्रतिरोधात्मक क्षमतामा आईपी ५४ रेटिङ प्राप्त भएको छ ।
रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रिन, ओसियन सनसेट र आइस ब्लू कलरहरूमा उपलब्ध छ । यी फोनहरूको मूल्यको ६/१२८ जीबीको २४ हजार नौ सय ९९ रुपैयाँ छ भने ८/२५६ जीबीको मूल्य २७ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीले यो फोन किन्दा दुई हजार नौ सय ९९ रुपैयाँ मूल्यको बड्स ४ एक्टीभ मात्र १ हजार ६९९ रुपैयाँको बन्डल अफरमा उपलब्ध गराउने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया