Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउत्तर कोरियाले फोहोर भरिएका थप छ सय बेलुन दक्षिण कोरिया पठायो

उत्तर कोरियाले फोहोर भरिएका थप छ सय बेलुन दक्षिण कोरिया पठायो


सियोल । उत्तर कोरियाले फोहोरले भरिएका करिब छ सयवटा बेलुन सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ । सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखि प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन संकलन गरिरहेका छन् ।

‘उत्तर कोरियाले शनिबार साँझ ८ बजे देखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो’, सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसिएफ)ले एक विज्ञप्तिमा बताएको छ ।

आइतबार बिहान करिब १० बजेसम्म प्रतिघण्टा लगभग २० देखि ५० का दरले लगभग छ सय बेलुनहरू हावामा उडिरहेको पहिचान गरिएको थियो  ।

बेलुनहरू राजधानी सियोल र ग्योन्गी छेउछाउका क्षेत्रसहित दक्षिण कोरियाको उत्तरी प्रान्तहरूमा अवतरण गरिरहेका छन् । यो सामूहिकरूपमा दक्षिणको लगभग आधा जनसंख्या बसोबास गर्ने क्षेत्र हो ।

उत्तर कोरियाले यस हप्ताको सुरुबाट फोहोर बोकेका सयौँ बेलुनहरू दक्षिणतर्फ पठाउन थालेको हो । सियोलले प्योङहाङको उक्त कार्य तुच्छ भएको भन्दै यदि यस्तो तर्कहीन उक्साहट नरोके कडा प्रतिकारको चेतावनी दिएको छ ।

‘हाम्रो सेनाले बेलुनको छोडिएका स्थानहरुबाट निगरानी गरिरहेको छ र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै खसेका बेलुनहरु सङ्लन गर्दै छ’, उत्तर कोरियाले गतसाता मंगलबारदेखि करिब नौ सयवटा फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाएकोमा कुनै खतरनाक पदार्थ फेला नपरेको जेसिएफले बताएको छ । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x