Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार ८५ बिन्दुमा उक्लियो सेयर बजार

दुई हजार ८५ बिन्दुमा उक्लियो सेयर बजार

छ अंकले उकालो लाग्दा चार अर्ब आठ करोडको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ९७ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से आज मंगलबार भने छ दशलव २२ अंकले उकालो लागेर दुई हजार ८५ दशमलव ३० बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९५ अंकले उकालो लागेर तीन सय ७२ दशमलव शुन्य बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ५३ हजार नौं सय ९९ पटकको कारोबारमा ८३ लाख पाँच हजार सात सय ८६ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम चार अर्ब आठ करोडठ ४७ लाख १५ हजार आठ सय ७७ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा जलबिद्युत, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक ओरालो लागेका छन । यि बाहेक बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक भने आज उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x