भारतमा थोक मूल्य सूचक साढे ४ वर्षयताकै न्यूनस्तरमा
नयाँ दिल्ली, असार २
इन्धन र बिजुली क्षेत्रको मागमा उच्च कमीका कारण मे महिनामा भारतको थोक मूल्य सूचकांक (डब्ल्युपीआई)मा आधारित महंगी दर साढे चार वर्षयताकै न्यूनस्तरमा पुगेको छ । भारतीय मिडियाहरुका अनुसार उक्त सूचक ३.२१ प्रतिशतमा झरेको हो । यद्यपि खाद्यवस्तुको मूल्य भने बढेको छ । वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार डब्ल्यूपीआई सन् २०१५ को नोभेम्बरपछिकै सबैभन्दा न्यून स्तरमा पुगेको हो ।
मन्त्रालयका अनुसार मे २०२० मा यो तथ्यांकमा आधारित मुद्रास्फीति भने वर्षगत तुलनामा शून्यभन्दा पनि तल ३.२१ प्रतिशतमा झरेको छ । गत वर्षको यही महिनामा २.७९ प्रतिशत रहेको थियो ।
यद्यपि यो अवधिमा खाद्य वस्तुको मुद्रास्फीति १.१३ प्रतिशत रहेको छ । जबकि एक महिनाअघि अप्रिलमा यो समूहको मुद्रास्फीति २.५५ प्रतिशत थियो । उक्त तथ्यांकअनुसार दलहनमा थोक मुद्रास्फीति मेमा पनि दोहोरो अंकमा ११.९१ प्रतिशत थियो । जब कि एक महिना अगाडि यो १२.३१ प्रतिशत रहेको थियो । आलुको मुद्रास्फीति ५२.२५ प्रतिशत रहेको छ । एक महिनाअघि यो दर १२.४८ प्रतिशत रहेको थियो । अण्डा, मासु र माछाजस्ता प्रोटिनयुक्त वस्तुको मुद्रास्फीति मे महिनामा १.९४ प्रतिशत रहेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया