युरोपेली सिमाना खुल्ला
ब्रसेल्स, असार २
युरोपेली मुलुकहरुको आपसी सिमाना सोमबारदेखि पुनः खुल्ला गरिएको छ । कोरोनाभाइरसको संक्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरुको सिमाना बन्द गरिएको थियो । सिमानाहरु खुल्ला गरिएपनि कतिपय शर्त तथा प्रतिबन्धनाात्मक व्यवस्था भने अझै पनि लागु नै हुने अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी अमेरिकी, एसियाली र अन्य विदेशी पर्यटकहरुलाई पनि युरोपेली देशहरुमा प्रवेशका लागि अझै खुल्ला गरिएको छैन । युरोपेली संघ अन्तर्गतका २७ देशहरु र केही ‘सेन्जेन’ देशहरुसँगै संघको सदस्य नरहेका देशहरुमा पनि अन्य देशका नागरिकहरु केही समय आवतजावत नगर्ने अपेक्षा गरिएको छ । यो अवस्था कम्तीमा पनि अर्को महिना शुरु नहुदासम्म रहने अनुमान गरिएको छ ।
सिमाना खुल्ला गरिएको र रेस्टुरेन्टहरु पुनः सञ्चालन गर्नेसम्वन्धी घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले गरेका थिए । उनले संकटपछिको नयाँ अवस्थामा आफूहरु फर्किएको बताउँदै संकटविरूद्धको लडाईंपछि पहिलो नयाँ थालनी भएको उल्लेख गरे । उनले महामारी विरूद्धको लडाईंको नयाँ चरणमा प्रवेश गरिएपनि चुनौती र खतरा भने कायमै रहेको ध्यानाकर्षण गराए ।
राष्ट्रपति म्याक्रोँले भने, ‘हामी फेरि केही खुकुलो भयौँ भन्नुको अर्थ भाइरस पुरै हराइसक्यो भन्ने बुझ्नु हुँदैन ।’ युरोपेली देशहरूमा अहिलेसम्म कोरोनाभाइरसका कारण झण्डै एक लाख ८२ हजार जनाको मृत्यु भइसकेको तथ्याड्ढ छ भने झण्डै २० लाख मानिस संक्रमित भएका थिए । अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयले विश्वभरी झण्डै ८० लाख मानिस संक्रमित भएको जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया