ल्यापटपमा लगाइएको पाँच प्रतिशत अन्तःशुल्क कर फिर्ता लिन माग
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ल्यापटपमाथि लगाइएको अन्तःशुल्क पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ ।
महासंघले बजेटमार्फत ल्यापटपमा लगाएको पाँच प्रतिशत अन्तःशुल्क करबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको हो । उक्त करले नेपालमा ल्यापटपको मूल्य अझ बढ्ने भन्दै यसबाट आईसीटीसहित विभिन्न क्षेत्रमा असर गर्ने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । मानव स्वास्थ्यका लागि हानिकारक मानिने नेगेटिभ लिस्टमा रहेको वस्तुमा लगाउने अन्तःशुल्क ल्यापटप र नोटबुकमा लगाइएको उनको भनाइ छ । सूचना प्रविधिको विकासका लागि अपरिहार्य डिभाइसमै यसरी अन्तःशुल्क लगाइनुले गलत सन्देश जाने उनले बताए ।
‘ल्यापटपको मूल्य एक लाख छ भने १३ हजार त भ्याट लाग्छ । अब पाँच प्रतिशत अन्तः शुल्क लाग्ने भएपछि एक हजार १८ रूपैयाँ पुग्छ,’ अध्यक्ष पोदारले भने, ‘यसको मारमा सबैभन्दा बढी उपभोक्ता नै पर्ने देखिन्छ ।’ साथै यसले ल्यापटपको ग्रे मार्केटलाई बढावा दिने भएकाले बजार अव्यवस्थित हुने उनको तर्क छ । ‘सस्तोमा पाइने भएकाले ग्रे मार्केटमा ल्यापटप छ्यासछ्यास्ती पाइन थाल्छन् । यसले गर्दा ग्रे मार्केट अझ फस्टाउँछ,’ उनले भने, ‘सरकारको उक्त कदमले आधिकारिक वितरकहरूलाई पनि दुहरूत्साहित गरेको बुझ्न सकिन्छ । यसकारण सरकारले यो कदमबारे पुनर्विचार गर्न जहरूरी छ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया