Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रदेशका बजेटमा साधारण खर्च

प्रदेशका बजेटमा साधारण खर्च


जेठ १५ मा केन्द्रले कोरोनानको नाममा विगतको भन्दा केही घटाएर बजेट घोषणा गरेको दुई हप्तापछि सातवटै प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेटको घोषणा गरे । संघीय व्यवस्था सुरु भएपछिको यो तेस्रो बजेट हो । केन्द्रको बजेट कोरोना संकटका बीच आएको थियो भने स्वाभाविक छ त्यसको छाया प्रदेशमा पनि पर्ने नै भयो । तर प्रदेशका यी बजेटले केन्द्र सरकारकै प्राथमिकतालाई पछ्याएको, परम्परा नतोडेको र नयाँ कुरा खासै प्रस्ताव नभएको अवस्थामा आफ्नो अनुहार देखाएको छ । यो कुनै एउटा प्रदेश मात्र होइन कमबेसी जे होस् सातवटै प्रदेशको अवस्था त्यस्तै देखियो । कोरोनाका कारण सबै प्रदेशले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने नै भए । केन्द्रमा पनि स्वास्थ्यले नै प्राथमिकता पाएको थियो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण र कृषि क्षेत्रको विस्तार समयले मागेको प्राथमिकता क्षेत्र हो ।

सातै पदेशमा एकैदिन सार्वजनिक भएका बजेटका आकारप्रकार कम्तीमा ३३ र बढीमा ५१ अर्बको अंकमा देखिए। यी सबै प्रदेशमा बजेटले केन्द्रकै जस्तो साधारण खर्चलाई बढाएको अवस्था देखियो । यद्यपि प्रतिशतमा पुँजीगत खर्च एउटा प्रदेशले बाहेक अरु सबैले प्रतिशतमा बढी राखेका छन् । तर सारै धेरै होइनन् । यसले सबै राज्यको ध्यान विकास निर्माणमा भन्दा प्रशासनिक खर्चतर्फ गएको देखाउँछ ।

साधारण खर्च केन्द्रको दायित्वमा छन् । कर्मचारी सुरक्षादेखिका ठूला साधारण खर्च प्रदेशको दायित्वमा पर्दैनन् । यस्तो बेला प्रदेशले पुँजीगत खर्चकै हाराहारीमा र केहीमा त त्योभन्दा बढी नै हुनेगरी साधारण खर्च प्रस्तुत भएको अवस्थाले प्रदेशका बजेट पनि आलोचनामा परे । जस्तो प्रदेश १ को ४१ अर्ब रूपैयाँमा चालूतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६ दशमलव २९ प्रतिशत, पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख चार हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत छ ।

प्रदेश २ मा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात् ४५ दशमलव ९५ प्रतिशत र पुँजीगतर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात् (५३.६७) प्रतिशत छ । वाग्मती प्रदेशमा चालूतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१ दशमलव १२ प्रतिशत, पुँजीगततर्फ २५ अर्ब १४ करोड, एक लाख ५९ हजार रूपैयाँ अर्थात् ४८ दशमलव ८८ प्रतिशत छ । गण्डकीमा ३४ अर्ब ८४ करोडमध्ये चालूतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार अर्थात् ४१ दशमलव २ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार अर्थात् ५७ दशमलव ४ प्रतिशत रहेको छ ।

प्रदेश ५ मा ३६ अर्ब ३५ करोड विनियोजितमध्ये चालूतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात् ३४ दशमलव ६४ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख अर्थात् ५१ दशमलव २२ प्रतिशत छ । कर्णाली ३३ अर्ब ७४ करोड विनियोजितमध्ये चालूतर्फ १९ अर्ब छ करोड ९१ लख २१ हजार अर्थात् ५७ प्रतिशत पुँजीगततर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार अर्थात् ३४ प्रतिशत । सुदूरपश्चिम ३३ अर्ब ३८ करोड विनियोजित बजेटमध्ये १४ अर्ब १८ करोड ७८ लाख ६० हजार अर्थात् ४२ दशमलव ५ प्रतिशत चालूतर्फ र १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार अर्थात् ५० दशमलव २ प्रतिशत पुँजीगततर्फ विनियोजन गरिएको छ । आउँदा दिनमा साधारण खर्च बढाउने यस्तो परम्परा बदलियोस् भन्ने अपेक्षा गर्नु पर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x