Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा रियलमी १२ प्रो प्लस

नेपालमा रियलमी १२ प्रो प्लस


काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस ल्याएको छ । सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स, आकर्षक डिजाईन तथा आकर्षक मूल्यको साथ ग्राहकहरूको मन जित्दै यो फोनले बजारमा नयाँ तरङ्ग ल्याउने कम्पनीले अपेक्षा राखेको छ ।

कम्पनीका अनुसार यो फोनमा छ दशमलव सात इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ । साथै, फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि यसमा एक सय २० हर्टजको रिफ्रेस रेट राखिएको छ । क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने यो फोनमा धेरै एपहरू चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जीबीको र्यामसँग ५१२ जीबीको आन्तरिक स्टोरेज दिइएको छ, जुन आवश्यकताअनुसार २४ जीबीसम्म बढाउन पनि सकिन्छ ।

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरूको लागि रियलमी १२ प्रो प्लसको क्यामरा अति उपयोगी रहने कम्पनीको दाबी छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नी भिजन ओभि६४बी सेन्सर र ओआईएस, अत्यधिक सफा फोटोका लागि ५० मेगापिक्सेलका सोनि आईएमएक्स आठ सय ९० ओआईएस क्यामरा, आठ मेगा पिक्सेलको एक सय १२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलको सोनी आईएमएक्स ६१५ सेल्फी क्यामराजस्ता अत्याधुनिक सुविधाहरू यो फोनमा रहेको छ । साथै, यसमा ६७ वाटको सुपरभोक सुपरफास्ट चार्जिङ युक्त पाँच हजार एमएएचको ब्याट्री रहेको छ । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर तथा युएसबी टाइप–सी केबल निःशुल्क पाइन्छ ।

रियलमी १२ प्रो प्लस १२ जीबी र्याम र २५६ जीबीको स्टोरेज भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सबमरिन ब्लु, एक्सप्लोरर रेड र न्याभिगेटर बिज रङ्गमा उपलब्ध यो फोनको मुल्य ५० हजार ९९९ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x