Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशवीरगञ्ज–रक्सौल सडक बजेट अभावले रोकियो

वीरगञ्ज–रक्सौल सडक बजेट अभावले रोकियो


वीरगञ्ज (पर्सा) । भारतसँग सीमा जोड्ने वीरगन्ज– रक्सौल सडक खण्डअन्तर्गतको रजत जयन्तीचोकमा पर्ने जीर्ण सडक झण्डै दुई करोड बजेट अभावको कारणले कालोपत्र हुन सकेको छैन । व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका योजना कार्यालयले गत पुसमा यो सडकखण्ड निर्माण गर्ने ठेक्का अघि बढाएको थियो ।

तर, अहिले बजेट अभावलाई देखाउँदै यो सडकको निर्माण कार्य अघि बढ्न सकेको छैन । केही समय अघि निर्माण कम्पनी निर्माणस्थलमा खटिए पनि अहिले भने सडक लथालिङ्ग अवस्थामा रहेको छ ।

बजेट अभावको कारणले व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडक योजना कार्यालयका प्रमुख राजेशकुमार यादवले सडक विस्तारको काम हुन नसकेको बताए । “गत पुस २१ गते एक करोड ८० लाख लागतमा यो सडकखण्डको ठेक्का सम्झौता भएको थियो”, उनले भने, “अहिले बजेट अभावको कारणले यो सडकखण्ड अघि बढ्न सकेको छैन ।”

यो सडकखण्ड एक दशकदेखि अलपत्र हुँदै आइरहेको छ । नेपालको सबैभन्दा आयात हुने नाकाको सडक लामो समयदेखि भत्किएर जीर्ण हुँदा पनि मर्मतसम्भारको काम अघि बढ्न सकिरहेको छैन । मुलुककै मुख्य व्यापारिक नाका जोड्ने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कारणले दुवै मुलुकका सर्वसाधारण र सवारी चालकले हैरानी खेप्दै आइरहेका छन् ।

२०८० पुस २१ गते योजना कार्यालय र निर्माण कम्पनी बीच ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले ठेक्का सम्झौताअनुसार २०८१ सालको असार २१ गतेभित्रै सडक निर्माण सम्पन्न गर्नुपर्नेछ । यो सडकखण्डको लागत भने एक करोड ८० लाख रहेको छ । निर्माण कम्पनीलाई सडकको काम गर्न अनुरोध गर्दै आइरहेको योजना प्रमुख यादवले बताए । यो सडककै कारण दिनहुँजसो एक दर्जनभन्दा धेरै सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । यो सडकखण्डको चौडाइ १४ मिटरअर्थात् चार लेनको सडक कालोपत्र गर्न लागिएको हो ।


क्याटेगोरी : मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x