चीन र पाकिस्तानीबीच सिपेक स्तरोन्नतिको सहमति
पाकिस्तान । चिनियाँ राष्ट्रपति सी चिनफिङ र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफबीच चिन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक)को स्तरोन्नति गर्न सहमति भएको छ । आम चुनावपछि पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र उनको प्रतिनिधिमण्डल चीनको पाँच दिने भ्रमणमा रहेको अवस्थामा यस्तो सहमति भएको हो ।
दुई नेताले सिपेकको स्तरोन्नति र मेगा परियोजनाको विकासलाई दोस्रो चरणमा अगाडि बढाउन सहमति जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सिपेकको दोस्रो चरणको उद्घाटन गर्ने सम्भावना रहेको जनाइएको छ ।
यद्यपि यो यात्राले सामान्यतया जुनको पहिलो हप्तामा प्रस्तुत हुने वार्षिक संघीय बजेटमा ढिलाइ निम्त्याएको छ भने सरकारको अस्थायी योजनाअनुसार जुन–१२ मा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सीलाई आर्थिक सुधार, दिगो विकास, औद्योगिक विकास, कृषि आधुनिकीकरण, क्षेत्रीय सम्पर्क र देशको विकासमा सिपेकले खेलेको महत्वपूर्ण भूमिकाका लागि पाकिस्तानको नीतिबारे जानकारी गराए । उनले सिपेकको उच्च गुणस्तरीय विकास र घनिष्ठ समन्वयको माध्यमबाट दुई देशको विकास रणनीतिबीच तालमेललाई बढावा दिन पाकिस्तानको प्रतिबद्धतालाई जोड दिए । प्रधानमन्त्री शाहबाजको राष्ट्रपति सीसँग पदभार सम्हालेपछि भएको यो पहिलो भेट भएको थियो ।
प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिका अनुसार यो भेट दुई देशबीचको घनिष्ठ मित्रता र रणनीतिक सम्बन्धको परम्परागत न्यानो प्रतिबिम्बद्वारा उजागर गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्री सरिफले राष्ट्रपति सीको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभको प्रशंसा गर्दै बीआरआईको प्रमुख परियोजनाका रूपमा सिपेकले पाकिस्तानको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याएको कुरामा जोड दिए । यसैबीच, चिनियाँ नेताले पाकिस्तानमा चिनियाँ परियोजनाको सुरक्षा सुनिश्चित गर्न प्रयास बढाउन शाहबाज सरिफलाई पनि आह्वान गरे ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया