चीनको वैदेशिक व्यापार बढ्यो
बेइजिङ । चीनको वैदेशिक व्यापार सन् २०२४ को पहिलो पाँच महिनामा छ दशमलव तीन प्रतिशतले बढेको छ । पाँच महिनामा चीनको वैदेशिक व्यापार १७ दशमलव पाँच ट्रिलियन युआन (दुई दशमलव ४६ ट्रिलियन अमेरिकी डलर) भएको छ । विशेषगरी निर्यात छ दशमलव एक प्रतिशत बढेर नौ दशमलव ९५ ट्रिलियन युआन पुगेको छ । आयात छ दशमलव चार प्रतिशत बढेर सात दशमलव ५५ ट्रिलियन युआन पुगेको छ ।
भन्सार विभागको तथ्यांक तथा विश्लेषण विभागका निर्देशक ल्यु डालियाङले यस वर्षको सुरुदेखि नै चीनको अर्थतन्त्र उकालो लागिरहेको बताएका छन् । यही कारण वैदेशिक व्यापारको स्थिति सकारात्मक देखिएको उनले बताए ।
मे महिनामा मात्रै चीनको वैदेशिक व्यापार आठ दशमलव छ प्रतिशत बढेको छ । मे महिनामा मात्रै कुल आयात र निर्यातको मात्रा तीन दशमलव ७१ ट्रिलियन युआन पुगेको छ । मे महिनामा मात्रै निर्यात ११ दशमलव दुई प्रतिशत बढेर दुई दशमलव १५ ट्रिलियन र आयात पाँच दशमलव दुई प्रतिशत बढेर एक दशमलव ५६ ट्रिलियन युआनको व्यापार भएको छ ।
जेएलएल ग्रेटर चाइनाका प्रमुख अर्थशास्त्री ब्रुस प्याङले भनेका छन् कि चीनको निर्यातले मे महिनामा कडा वृद्धि जारी राखेको छ । यसको कारण प्रतिस्पर्धी वस्तुहरू, चिनियाँ युआनको अनुकूल विनिमय दर र ट्यारिफ वृद्धि अघि प्रारम्भिक ढुवानी रहेको बताइएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार पहिलो पाँच महिनामा जहाज, विद्युतीय कार र घरेलु उपकरणको निर्यात क्रमशः एक सय एक प्रतिशत, २६ दशमलव तीन प्रतिशत र १७ दशमलव आठ प्रतिशतले बढेको छ ।
पाङले आगामी महिनाहरूमा उच्च निर्यात वृद्धि हुने अपेक्षा गरिएको पनि बताएका छन् । बलियो अमेरिकी डलरले युआनलाई कमजोर राख्ने र निर्यातकर्ताहरूलाई तेस्रो देशहरूमार्फत चाँडै ढुवानी गर्न वा पुनरुत्थान गर्न प्रेरित गर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया