नबिल बैंकले पायो ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड
काठमाडौं । नबिल बैंक लिमिटेडले ’प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड पाएको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो ।
बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्डअन्तर्गत १० विधामा दुई सयभन्दा बढी मनोनयन गरिएको बैंकको भनाइ छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको जानकारी दिए ।
‘यो पुरस्कारले डिजिटल रणनीतिमा नबिल बैंकको उत्कृष्टता र इनोभेसनप्रतिको समर्पणलाई झल्काउँछ,’ प्रमुख कार्यकारी ढुंगानाले भने ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया