Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ सम्पन्न


काठमाडौं । महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यही जेठ २२ गते मंगलबारदेखि २४ गते बिहीबार (तीन दिन)सम्म इमाडोलस्थित बलपार्क स्पोर्टस इभेन्ट्स एन्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने आईसीएफसी फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आईसीएफसी फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुच्छ्रे बैंकका निशेष केसी, उत्कृष्ट बलर एभरेस्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले यस क्रिकेट लिगलगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरूबीच भाइचारा, आत्मीयता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरूलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरूलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए । नेपाली क्रिकेटको विकासका लागि सम्पूर्ण संस्थाले आफ्नो क्षेत्रबाट योगदान पुर्याउन समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेड तथा उक्त कार्यक्रमका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वाभाविक प्रक्रिया रहेको र यस्ता खेलहरूले कर्मचारीहरूमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्याउने हुँदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्न जरुरी रहेको बताए ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ का सम्पूर्ण प्रायोजकहरू, सहभागी बैंक तथा वित्तीय संस्थाहरू, प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरेका व्यक्ति/सस्ंथाहरूलाई बैैंक हार्दिक आभार व्यक्त गर्न चाहन्छ । साथै, ३०औँ वर्षमा प्रवेश गरेको सुखद् अवसरमा बैंकले आफ्ना ग्राहक सेयरधनी, नियमनकारी निकायहरूलाई कृतज्ञता जाहेर गरेको छ । सेयरधनी, ग्राहक, नियामक निकाय, एवम् शुभचिन्तकहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनका लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय र आधुनिक बैंकिङ सेवाको पहुँच आफ्नो ग्राहकको माझ पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x