अलपत्र श्रमिकलाई तत्काल उद्धार गर्न एनआरएनएको आग्रह
काठमाडौं, असार ३
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा अलपत्र परेका श्रमिकहरुको तत्काल उद्धारको लागि आग्रह गरेको छ । संघ अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै विदेशमा अलपत्र परेका श्रमिकहरुको तत्काल उद्धारको लागि आग्रह गरेको हो ।
संघले उपप्रधानमन्त्री तथा अध्यक्ष, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादव र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई लेखेको पत्रमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार प्रक्रियालाई थप तीव्रता दिन आग्रह गरिएको छ । संघले विदेशमा अलपत्र परेका व्यक्तिहरुको उद्दारको लागि सरकारको तर्फबाट चाल्नु पर्ने कदमको बारेमा बुँदागत रुपमा सुझाव दिएको छ ।
संघले चार्टर्ड उडान गर्ने व्यवहारिक र सहज व्यवस्था मिलाउन, कामदारहरु पनि विदेश फर्कने बाटो खोल्न, खर्चविहीन भएका विद्यार्थीहरुलाई सरकारी खर्चमा तुरुन्त उद्धार गर्न, देशमा होल्डिग सेन्टरको प्रबन्ध मिलाउन, सेल्टरमा कुरिरहेका मजदुरहरुलाई नेपाल फर्किने स्वीकृति प्रदान गर्न, सयौंको संख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाह संस्कार गर्नको लागि परिवारलाई हस्तान्तरण गर्न, अलपत्र परेका कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाटमार्फत सहयोग गर्न ठोस कदम चाल्न आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- यसकारण भ्रष्ट छ नेपालको राजनीति
- आम्दानी र खर्च घटेको अर्थ कसरी सुधारियो ?
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- संस्थागत क्षमता स्व–मूल्याङ्कनमा तिलोत्तमा सबैभन्दा अगाडि
- समसामयिक राजनीतिक व्यङ्ग्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया