हेटौंडा औद्योगिक क्षेत्रका ८० उद्योग खुले
हेटौँडा, असार ३
हेटौँडा औँद्योगिक क्षेत्रमा रहेको १ सय ११ उद्योगमध्ये ८० वटा उद्योग सञ्चालनमा आएका छन् । औँद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आएपनि पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको कँडेलले बताए । उनका अनुसार सो औद्योगिक क्षेत्रका एसियन पेन्ट, आरएन केमिक्लस, महाशक्ति सोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुटलगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्ध, मैदालगायतका उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगमा जनशक्ति अभाव, कच्चापदार्थ कमी र ढुवानीलगायतका समस्या रहेको बताइएको छ ।
लकडाउनका कारण ती उद्योग बन्द हुँदा दैनिक ३० करोड रुपैयाँ घाटा हुने गरेको थियो । त्यसैगरी सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाइएको छ । सो उद्योग विगत एक महिनादेखि जनशक्ति अभावले ५० प्रतिशत क्षमतामा चलेको थियो । तर, उद्योगका लागि आवश्यक पर्ने चुनढुङगा र कोइलाको समस्या रहेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए । अन्य समयमा दैनिक ७ सय ५० बोरा सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगमा अहिले उत्पादनमा कमि रहेको बताइएको छ । उद्योगमा विगतमा उत्पादन गरिएका तीन लाख बोरा सिमेन्ट बिक्री वितरणको कार्य भइरहेको छ । सो उद्योगमा ३ सय ४२ जना कर्मचारी र मजदुर रहेको भए पनि हाल ५० जना जनशक्तिबाट उद्योग सञ्चालन भइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- संस्थागत क्षमता स्व–मूल्याङ्कनमा तिलोत्तमा सबैभन्दा अगाडि
- समसामयिक राजनीतिक व्यङ्ग्य
- श्रीअजन्ता इलेक्ट्रिकमाथि राजस्वको अनुसन्धान सुरु
- सरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया