Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगड्याट्सन गाडीको अफर ‘बाइ नाउ पे इन २०२१’

ड्याट्सन गाडीको अफर ‘बाइ नाउ पे इन २०२१’


काठमाडौं, असार ३
कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्ता आक्रान्त रहेको छ । नेपाली उपभोक्ताको समस्या तथा सीमिततालाई मध्यनजर गर्दै अझ सहज सुविधासहित नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले “बाइ नाउ पे इन २०२१” योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले गाडी किनिसके पछि छ महिना अवधिसम्म कुनै पनि इएमआई तथा ब्याज तिर्नुपर्नेछैन ।

उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनीले व्यहोर्नेछ । साथमा आकर्षक नगद छुट उपलब्ध रहने कम्पनीले जनाएको छ । ड्याट्सन रेडी गो ०.८ एल र १.० एल तथा ड्याट्सन गो शक्तिशाली १.२ एल इन्जिनका साथ बजारमा उपलब्ध छन् । गाडीको खरिदमा गाडीका विभिन्न एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुविधा, १ वर्षसम्मको सडक कर यो योजनाअन्तर्गत उपलब्ध रहने कम्पनीले जनाएको छ । यो अफर स्टकको उपलब्धतासम्म रहने


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x