सीएफमोटो सर्भिस केयर क्याम्प
काठमाडौं । सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले, कालोपुलस्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्ससहितको सर्भिस सेन्टरमा मंगलबारदेखि समेत दिने सीएफमोटो सर्भिस केयर क्याम्प सन्चालन गर्ने भएको छ ।
सीएफमोटो ब्रान्ड युवाहरूमा लोकप्रिय रहेको छ । कोभिडपश्चात् विभिन्न कारणले यसको बिक्री तथा सेवामा केही ढिलाई भएता पनि अहिले नयाँ आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँग कम्पनीले यो पहिलो बृहत् सर्भस केयर क्याम्प सञ्चालन गर्न लागेको हो । बिक्रीपछिको सेवा नै अटोमेटिक्स व्यापारको टेवाको नारा साथ कम्पनीले सीएफमोटोका सम्पूर्ण प्रयोगकर्ताहरूलाई यसरी नै सर्भिस र स्पायर पार्ट्सको सेवा निरन्तर दिइरहने जानकारी दिएको छ ।
यस क्याम्पमा सहभागी हुने सीएफमोटो बाइकका प्रयोगकर्ताहरूले क्याम्प अवधिभर स्पेयर पार्टसमा १० प्रतिशत छुट, फ्रि–वाइक वास, लेवर चार्जमा ५० प्रतिशत छुट, लुभ आयलमा पाँच प्रतिशत छुट तथा हरेक दिन लक्की ड्रमार्फत सात जनाले सात दिनमा एक सालको लागि सीएफमोटोको स्पायर पार्ट्समा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यसका साथै गोलाप्रथामार्फत सात दिनमा आफ्ना सीएफमोटोका बाइक सर्भिसिङ गराउन आउने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विक्रेताले फ्रि बाइक कोटिङ गराउन सक्ने छ । सीएफमोटोको सर्भिस सेन्टर काठमाडौंको धोबीखोलामा अवस्थित छ, जहाँबाट सीएफमोटोलगायत जिहोको पनि सर्भिस तथा पार्ट्सको सुविधा पाउन सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया