Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ निक्षेपमा कोशी प्रदेशको हिस्सा सात प्रतिशत

बैंकिङ निक्षेपमा कोशी प्रदेशको हिस्सा सात प्रतिशत


काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेपमा कोशी प्रदेशको हिस्सा सात दशमलव १३ प्रतिशत देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ६१ खर्ब ८७ अर्ब रूपैयाँ रहेकोमा कोशी प्रदेशको हिस्सा सात दशमलव १३ प्रतिशत अर्थात चार खर्ब ४१ अर्ब रूपैयाँ मात्रैे छ ।

प्रतिवेदनअनुसार कर्जामा भने कोशी प्रदेशको हिस्सा ११ दशमलव ३६ प्रतिशत देखिएको छ । सोअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंकिङ क्षेत्रको कुल कर्जा ५० खर्ब ८४ अर्ब रूपैयाँ रहेकोमा कोशी प्रदेशअन्तर्गतका सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, भोजपुर, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, सुनसरी, मोरङ र झापा जिल्लामा प्रवाह भएको कुल कर्जा पाँच खर्ब ७२ अर्ब रूपैयाँ छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखासंख्या सबै क्षेत्रमा गरी ११ हजार पाँच सय ९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र सञ्चालनमा रहेका कुल शाखासंख्या १८ दशमलव ६२ वटा अर्थात् १६ दशमलव छ प्रतिशत रहेको छ । जसअनुसार कोशी प्रदेशमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र ५५ वटा लघुवित्त वित्तीय संस्थासहितका एक सय नौवटा संस्थाहरूमा प्रतिशाखा सेवाग्राहीको संख्या दुई हजार छ सय ६५ रहेको छ ।

प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूको देशभर पाँच हजार ९१ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेकोमा कोशी प्रदेशको हिस्सा १३ दशमलव शून्य आठ प्रतिशत छ । जसअन्तर्गत कोशी प्रदेशमा कुल छ सय ६६ वटा एटीएम काउन्टरहरू सञ्चालनमा छन् । यसैगरी वाणिज्य बैंकहरूको उपस्थिति रहेको कुल सात सय ५२ स्थानीय तहमध्ये कोशी प्रदेशका एक सय ३७ स्थानीय तह छन् । बैंक तथा वित्तीय संस्थाहरूमा हाल एक करोड २६ लाख १५ हजार एक सय ८५ वटा डेबिट कार्ड जारी भएकोमा कोशी प्रदेशमा मात्र १३ दशमलव ८७ प्रतिशत अर्थात् १७ लाख ५४ हजार छ सय ९१ जारी भएका छन् । क्रेडिट कार्डको हिस्सा भने कोशी प्रदेशमा ११ दशमलव १३ प्रतिशत मात्र छ । जसअनुसार सबै क्षेत्रमा कुल दुई लाख ८३ हजार २४ वटा क्रेडिट कार्ड रहेकोमा कोशी प्रदेशमा मात्र ३१ हजार पाँच सय १२ वटा क्रेडिट कार्ड जारी भएको छ । राष्ट्र बैंकका अनुसार कोशी प्रदेशमा जारी भएको प्रिपेड कार्डको संख्या छ हजार एक सय ४७ वटा छ । ‘देशभर कुल एक लाख ६१ हजार छ सय ४३ वटा प्रिपेड कार्ड जारी भएमध्ये उक्त संख्या तीन दशमलव आठ प्रतिशत मात्र हो’, प्रतिवेदनमा उल्लेख छ ।

कोशी प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या २४ लाख ११ हजार छ सय ८२ पुगेको छ । देशभर भर दुई करोड ३७ लाख ८३ हजार तीन सय ८९ वटा मोबाइल बैंकिङ प्रयोगकर्ता छन् । कुल संख्यामध्येको १४ दशमलव ३४ प्रतिशत हिस्सा भएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी इन्टरनेट बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या भने कोशी प्रदेशमा एक लाख ८५ हजार आठ सय १८ छ । यो संख्या भनेको देशभर इन्टरनेट बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या १८ लाख ७४ हजार नौ सय ८२ रहेको मध्येबाट नौ दशमलव ९१ प्रतिशत छ ।

कोशी प्रदेशका ४५ प्रतिशत जनसंख्या बीमाको पहुँचमा
काठमाडौं । कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ ।

त्यस्तै हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार पाँच सय ९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६ दशमलव शून्य छ प्रतिशत अर्थात् एक हजार आठ सय ६२ वटा शाखा छन् ।

बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपको सात दशमलव १३ प्रतिशत अर्थात् चार खर्ब ४१ अर्ब रुपैयाँबराबर कोशी प्रदेशमा छ । त्यस्तै कुल कर्जाको ११ दशमलव २६ प्रतिशत अर्थात् पाँच खर्ब ७२ अर्ब ऋण कोशी प्रदेशमा विस्तार भएको छ । अहिले समग्र बैंकिङ प्रणालीबाट ६१ खर्ब ८७ अर्बबराबर कर्जा र ५० खर्ब ८४ अर्बबराबर कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेशमा २२ हजार एक सय सात जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । जसमा ३४ अर्ब दुई करोड ५२ लाख रुपैयाँबराबर सहुलियत कर्जा स्वीकृत भएको छ । सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा १२ हजार आठ सय ६३ जना र व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा आठ हजार नौ सय २२ जनाले लिएका छन् ।

कुल सात लाख ७९ हजार पाँच सय ८४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको यो प्रदेशमा सात लाख दुई हजार ४१ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ भने कुल सिञ्चित क्षेत्रफल तीन लाख १५ हजार आठ सय ११ हेक्टर रहेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन नौ खर्ब तीन अर्बबराबर रहने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर तीन दशमलव ५१ प्रतिशत अनुमान गरिएको छ । कोशी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार तीन सय ३६ अमेरिकी डलरबराबर छ । त्यस्तै, गरिबी दर १७ दशमलव १९ र बहुआयामिक गरिबी १५ दशमलव नै प्रतिशत रहेको छ । मुलुकको कुल वैदेशिक व्यापारमा कोशी प्रदेशको आयातको हिस्सा १४ दशमलव ४४ र निर्यात हिस्सा ३९ दशमलव शून्य ६ प्रतिशत बराबर छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x