वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजानिक गरेको छ । कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर ठगी गिरोहमा सक्रिय रहेका तीन जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ का पवन पन्त, भरतपुर महानगरपालिका–१८ चितवनका राजकुमार भट्ट र नवीन विक रहेका छन् । उनीहरूले कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायतका देशहरूमा पठाइदिनेभन्दै तीन सय जनाभन्दा बढी मानिसहरूबाट करिब १५ करोड रकम ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार ठगी गर्ने गिरोहको मुख्य नाइके राजकुमार भट्ट रहेका छन् । पवन पन्त र नवीन विक भने सहायक ठग भएको अनुसन्धानको क्रममा खुलेको जिसीले जानकारी दिए । सोही ठगीमा संलग्न केही व्यक्तिहरू भने यसअघि नै पुर्पक्षका लागि कारागारमा रहेका छन् ।
पक्राउ परेकाहरूले तीन सय जनाभन्दा बढी मानिसबाट पाँच लाखदेखि १० लाख रुपैयाँ दरले रकम उठाउने गरेको पाइएको हो । उनीहरूले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली आईडी खोलेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायतका देशमा लैजाने भनेर विज्ञापन गर्ने गरेका थिए ।
क्याटेगोरी : बिबिध, सुरक्षा अपराध
ट्याग : #Page 7
ताजा अपडेट
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
- अमेरिका भ्रमणको व्यक्तिगत खर्च महिला आयोगबाट असुल्ने प्रयास असफल
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया