सडकमा पोखरेल र रेलमा मुल महानिर्देशक नियुक्त
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको महानिर्देशकमा रामहरि पोखरेल र रेल विभागको महानिर्देशकमा अजय कुमार मुललाई नियुक्त गरेको छ ।
उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठको बुधबारको मन्त्रीस्तरीय निर्णयले दुई महत्वपूर्ण विभागमा महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रीस्तरीय निर्णयअनुसार सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई भौतिक मन्त्रालयको योजना महाशाखामा सरुवा गरेर विभागकै उपमहानिर्देशक पोखरेललाई महानिर्देशक बनाइएको हो । रेल विभाग भने महानिर्देशक रोहित कुमार विसुराल यही जेठ ४ गतेदेखि अनिवार्य अवकाश भएपछि खाली थियो । रेलको महानिर्देशकमा नियुक्त मुल बुधबारसम्म हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा कार्यरत थिए ।
सडकको योजना महाशाखा प्रमुख पोखरेल महानिर्देशक भएपछि उक्त स्थानमा भौतिक मन्त्रालयको योजना महाशाखा प्रमुख उमेशबिन्दु श्रेष्ठलाई ल्याइएको छ । सडकको महानिर्देशकमा नियुक्त पोखरेल र रेलका महानिर्देशक मुलले बिहीबार पदबहाली गर्ने कार्यक्रम छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया