बाँदर आतंकले दोलखाका किसानलाई हैरान
दोलखा । जिल्लाका पहाडी भेगका किसानहरू बाँदर आतंकले हैरान भएका छन् । पछिल्ला वर्षहरूमा जिल्लाका पहाडी भेगमा बाँदरको आतंक बढ्दै गएको किसानहरूको गुनासो छ । गाउँमा किसानले लगाएको बालीनालीलाई बाँदरले सखाप पार्न थालेपछि उनीहरू चिन्तित बनेका छन् ।
बढ्दो बाँदर आतंक नियन्त्रण गर्न किसानहरूले सरकारसँग माग राखेका छन् । जिल्लाका किसानहरूले बुधबार जिल्ला प्रशासन कार्यालय दोलखा अगाडि प्रदर्शन गरेर बाँदर नियन्त्रणको माग गरेका हुन् । मेलुङ गाउँपालिका–७ का किसानहरूले सरकारले बाँदर नियन्त्रणमा चासो नदेखाएको भन्दै बुधबार प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत आफ्ना मागहरू सरकारलाई बुझाएका छन् । उनीहरूले बाँदर आतंक तत्काल नियन्त्रण गर्नुपर्ने, बालीनालीमा पुगेको क्षतिको क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् । बाँदर नियन्त्रणको माग गर्दै मेलुङका एक सयभन्दा बढी स्थानीय किसानहरू मकैको रित्तो बोट र खोस्टा बोकेर जिल्ला प्रशासन कार्यालयअघि भेला भएका थिए । उनीहरूले दोलखाका राजनीतिक दलको कार्यालयमा समेत प्रदर्शन गरी बाँदर नियन्त्रणको नीति बनाउन माग गरेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 7
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया