सुर्खेतको बुलबुले तालमा मोटरबोट सुरुवात
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा सञ्चालित मोटरबोटको एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिएको छ । गत वैशाख १२ गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री कँडेलले कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश सरकारले मोटरबोट सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘प्रदेशको विकासका लागि कृषि क्षेत्रको व्यावसायिकीकरण, घरेलु उद्योग र पर्यटन नै हो, बोटेबोरा कम्पनीले यहाँ मोटरबोट सञ्चालन गरेपछि पर्यटकीय गतिविधि पनि बढेको छ । प्रदेश सरकारले आगामी दिनमा सक्दो सहयोग गर्नेछ ।’ उनले प्रदेशमा निजी क्षेत्रको लगानी अझ बढ्नुपर्नेमा पनि जोड दिए । सो अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल)ले बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि यहाँको आर्थिक गतिविधि बढेको बताइन् । उनले विगतमा दैनिक मुस्किलले दुई हजार रुपैयाँ राजस्व संकलन हुने गरेकोमा अहिले दैनिक ४० हजार रुपैयाँसम्म राजस्व संकलन भइरहेको जानकारी दिईन् । बुलबुले ताल क्षेत्रमा प्रवेशका लागि नगरपालिकाले प्रतिव्यक्ति २५ रुपैयाँ लिँदै आएको छ । प्रमुख भण्डारीले मोटरबोट सञ्चालनमा आएपछि नगरापालिकाले वार्षिक ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने अवस्था आएको बताईन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया