Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशअर्थमन्त्रीका निजी सचिव विराटनगर आन्तरिक राजस्व कार्यालयको प्रमुखमा नियुक्त

अर्थमन्त्रीका निजी सचिव विराटनगर आन्तरिक राजस्व कार्यालयको प्रमुखमा नियुक्त


विराटनगर । अर्थमन्त्री वर्षमान पुुनले आन्तरिक राजस्व कार्यालय विराटनगरको कार्यालय प्रमुख आफ्नै निजी सचिवलाई बनाएका छन् । अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी अर्थमन्त्री पुुनको निजी सचिवमा कार्यरत उपसचिव भुुपाल शाक्यलाई आन्तरिक राजस्व कार्यालय विराटनगरको कार्यालय प्रमुख बनाएको हो ।

अर्थमन्त्री पुुनले आफ्ना विश्वासिला उपसचिव शाक्यलाई विराटनगर आन्तरिक राजस्व कार्यालयको प्रमुुखका रूपमा पठाउने निर्देशन दिएसँगै अर्थ मन्त्रालयले उपसचिव शाक्यलाई आन्तरिक राजस्व कार्यालय विराटनगरको प्रमुखमा नियुक्तिको तयारी गरेको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका तत्कालीन कार्यालय प्रमुुख डा डीवी क्षेत्री यही जेठ २९ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकासमा गएका छन् । उनी अवकाशमा गएपछि आन्तरिक राजस्व कार्यालयको प्रमुख कर अधिकृत खाली रहेको थियो । सोही खाली स्थानमा अर्थमन्त्री पुुनले आफ्ना निजी सचिव शाक्यलाई नै विराटनगर पठाउने निर्देशन दिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

आन्तरिक राजस्व कार्यालय प्रमुखमा आउन लागेका प्रमुुख कर अधिकृत शाक्य आर्थिक वर्ष २०६५÷२०६६ देखि दुुई वर्षसम्म आन्तरिक राजस्व कार्यालय विराटनगरको कर अधिकृत भएर काम गरिसकेका अधिकृत हुन् । उनी स्थानीय बेलबारी नगरपालिकाका स्थानीय बासिन्दा समेत भएकाले शाक्यलाई काम गर्न सहजै हुुने कुुरा स्थानीय व्यवसायीहरूले बताएका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगर जान इच्छुुक भएको तर दरबन्दीअनुुसारको जनशक्ति त्यस कार्यालयमा नभएको भन्दै उपसचिव शाक्यले खाली रहेको एक जना कर अधिकृत आफ्नो इच्छाअनुुसारको लिएर जान पाउनुुपर्ने माग अर्थमन्त्रीसँग राखेका थिए । आन्तरिक राजस्व कार्यालय विराटनगरमा सरुवा भएर पनि पारिवारिक कारण देखाउँदै कर अधिकृत रघुु पराजुुली अर्थ मन्त्रालयमै काम गर्दै आएका छन् । उनैको ठाउँमा आफूले रोजेको कर अधिकृत लिएर शाक्य विराटनगर आन्तरिक राजस्व कार्यालयको प्रमुखमा हाजिर हुन लागेको स्रोतले जनाएको छ ।

अहिले व्यापारीहरूले सरकारको अपरिपक्क नीतिका कारण नयाँ वस्तु आयातका लागि एलसी समेत खोलेका छैनन् । गत वर्षकै अन्त्यमा खोलिएका एलसीबाट नै केही सामान आयात हुँदै आएको बताइएको छ । आन्तरिक राजस्व कार्यालयमा पनि अन्तःशुल्कतर्फको राजस्व असुलीमा सरकारले अर्बौं रकम राजस्व घाटा व्यर्होनुपरेको अवस्था रहेको छ । सरकारले अब आफ्ना अनुकूलका कार्यालय प्रमुख नियुक्ति गरी विगतका महिनामा भएका राजस्व संकलनको घाटा पूर्ति गर्नेतर्फ काम गर्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x