मिडिया एलायन्सको अर्थमन्त्रीलाई २० दिने अल्टिमेटम
काठमाडौं । पटक–पटक आश्वासन पाएर पनि आफ्ना माग पूरा गराउन सरकार गम्भीर भएको भन्दै मिडिया एलायन्सले माग पूरा गर्न अर्थमन्त्री वर्षमान पुनलाई अल्टिमेटम दिएको छ । बिहीबार नेपालका मूलधारका सञ्चार माध्यमहरूको साझा संगठन मिडिया एलायन्स नेपालको टोलीले मन्त्री पुनलाई भेटी २० दिनभित्र आफूहरूको माग पूरा गर्न आग्रह गरेको हो ।
यस क्षेत्रका समस्या समाधान गर्नका लागि विगतदेखिका सबै प्रधानमन्त्रीहरू र मन्त्रीहरूसँग माग राख्दै आएको भए पनि आफूहरूले आश्वासन मात्रै पाएको उनीहरूको भनाइ छ । मन्त्री पुन र हालका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि पटक–पटक माग पूरा गर्ने आश्वासन दिएको भए पनि माग पूरा गर्न चासो नदिएको उनीहरूको आरोप छ ।
के छन् मागहरू ?
ज्ञापनपत्र बुझाउन गएका एलायन्सका टोलीले मुख्य पाँच विषयमा मन्त्रीसमक्ष माग राखेको छ । जसमध्ये पहिलो सञ्चार गृहले बुझाउनुपर्ने बक्यौता करमा लगाइएको ब्याज र जरिबाना छुट हुनुपर्ने माग राखेका छन् ।
बक्यौता कर किस्ताबन्दीमा बुझाउन पाउनुपर्ने र पहिलो किस्ता बुझाइसकेपछि ‘करबापतको किस्ता प्राप्त भएको हुँदा कर चुक्ताको प्रमाणपत्र दिइएको छ’ भन्ने पत्र दिनुपर्ने, जसबाट कारोबार गर्न सजिलो होस् तथा सरकारलाई पनि राजस्व प्राप्त हुने आधार तयार होस् भन्ने माग पनि एलायन्सको छ ।
त्यस्तै, परियोजना धितो राखी सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, नेपाली लगानीका उद्योग–व्यवसायले आफ्नो वार्षिक कारोबारको एक प्रतिशत र विदेशी लगानीका उद्योग व्यवसायले आफ्नो वार्षिक कारोबारको तीन प्रतिशत आमसञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्नेगरी विज्ञापन खर्च गर्नुपर्ने, सामाजिक सञ्जालमा विज्ञापन दिन रोक्नुपर्नेजस्ता मागहरू एलायन्सले राखेको छ । एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा गएको टोलीले सबैखालका सरकारबाट यो क्षेत्र निरन्तर अपहेलित र अपमानित भएको अनुभूति भइरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया