Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइ–सेवाबाट जीवन बीमाको नवीकरण गर्दा दुबई ट्रिप जित्ने मौका

इ–सेवाबाट जीवन बीमाको नवीकरण गर्दा दुबई ट्रिप जित्ने मौका


काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ–सेवा प्रयोगकर्ताहरूको लागि जीवनबीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरू पाउने योजना ल्याएको छ । जसमा एक भाग्यशाली विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरू जित्ने मौका पाउने भएका छन् ।

कम्पनीका अनुसार यही जेष्ठ २० देखि असार ३१ सम्म चल्ने यो अफरमा इ–सेवासँग आबद्ध रहेका १२ वटा बीमा कम्पनीहरूमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरूले हरेक हप्ता आकर्षक उपहारहरू पाउनेछन् । हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौंमा एक दिन दुई रातको लागि प्याकेज पाउनेछन् भने पाँच भाग्यशाली विजेताले इ–सेवा केयर प्राप्त गर्नेछन् र बम्परमा छ दिन पाँच रातको लागि दुबई घुम्न जाने अवसर पाउनेछन् ।

यसका साथै विभिन्न जीवनबीमा कम्पनीहरूको प्रिमियम तिर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरू पाउन सक्नेछन् । यस योजनाको बारेमा इ–सेवाका प्रमुख व्यवसाय अधिकृत आशीष गौतमका भनाइअनुसार सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढिरहेको समयमा, डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्व स्वरूप प्रयोगकर्ताहरूमा यसको महत्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो । यसअन्तर्गत प्रयोगकर्ताहरूले इ–सेवामार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरू पाउने व्यवस्था गरी प्रयोगकर्ताहरूमा डिजिटल भुक्तानीतर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन् । इ–सेवा लिमिटेड सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x