Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु क्यापिटल र श्री डिस्ट्रिलरीबीच सम्झौता

प्रभु क्यापिटल र श्री डिस्ट्रिलरीबीच सम्झौता


काठमाडौं । नेपालको प्रमुखमध्येको एक मदिरा उद्योग श्री डिस्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्काशन(आईपीओ)का लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । श्री डिस्टिलरी लिमिटेडको नौ लाख ६० हजार कित्ता सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो ।

कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आईपीओका लागि छुट्टाएको छ । आईपीओ निष्काशनका लागि २०८१ साल जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिस्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि श्री डिस्टिलरीका सञ्चालक सनत न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए ।

यस्तै, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले आईपीओ निष्काशनमा श्री डिस्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे । सम्झौतासँगै कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेस गर्ने बताइएको छ । प्रक्रिया पूरा गरी चाँडै नै कम्पनीले आईपीओ जारी गर्ने बताएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x