फर्निचर एक्स्पोमा आईएनआई सिनेमाको ‘पार्टनरसिप’
काठमाडौं । दशौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आधिकारिक सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने भएको छ । हलका दर्शक तथा एक्स्पोका अवलोकनकर्तालाई सहुलियत दिने उद्देश्यका साथ बिहीबार दुई संस्थाका बीचमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौतामा आईएनआई सिनेमाका प्रबन्ध निर्देशक भीमसेन कँडेल र एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आगामी असोज २ देखि ५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने दशौँ संस्करणको फर्निचर एक्स्पोका अवलोकनकर्ताहरूले दैनिकरूपमा गोलाप्रथाबाट आईएनआई सिनेमाको टिकट पाउने छन् । प्रचारप्रसारका साथै सेवाग्राहीलाई चाडपर्वको समयमा सिनेमा हेर्दा सहुलियत होस् भन्नका लागि यस्तो सम्झौता गरिएको आईएनआई सिनेमाका सञ्चालक गृहेन्द्र मुनंकर्मीले बताए ।
‘आत्मनिर्भरतामा एक कदम अगाडि’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघले आगामी असोज २ देखि ५ गतेसम्म एक्स्पो आयोजना गर्दैछ । एक्स्पोका संयोजक सम्येक मान सिंहका अनुसार पहिलो पटक एक्स्पोस्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुला बजार पनि सञ्चालन हुनेछ । २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताहरूले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्नेछन् । किस्ताबन्दीका साथै धेरैभन्दा धेरै छुटका सम्बन्धमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरिने पनि उनले जानकारी दिए ।
यसैगरी असोज २ देखि १० दिन सम्म फर्नेक्स २४ डट इभेन्ट सोलुसन नेपाल डटकमडटएनपी डोमेनमा आयोजना हुने भर्चुअल एक्स्पोमा मात्र पनि सहभागिता जनाउन सकिनेछ । एक्स्पोको स्टल बुकिङ गत महिनादेखि नै खुल्ला भईसकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया