Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो ।

निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलियम इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । निगमले घटेको मूल्य आज बिहान १ बजेदेखि लागू भएको जनाएको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक ६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक सय ६५ रुपैयाँ मूल्य कायम भएको छ ।

डिजेल र मट्टीतेलमा पहिलो वर्गमा पर्ने क्षेत्रमा एक सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा पर्ने क्षेत्रमा एक सय ५१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गतका क्षेत्रमा एक ५२ रुपैयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x