नेपाल बैंकद्वारा सडक दुर्घटना न्यूनीकरण गर्न सडक डिभाइडर सहयोग
काठमाडौं । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडरहरू सहयोगस्वरूप प्रदान गरेको छ । नेपाल बैंकको कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना गरी बैंकको तर्फबाट शाखा प्रबन्धक नारायणप्रसाद दाहालद्वारा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, प्राडा ध्यानेन्द्रबहादुर राई समक्ष सडक डिभाइडरहरू हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्राडा ध्यानेन्द्रबहादुर राईले नेपालको पहिलो बैंक नेपाल बैंकले त्रिभुवन विश्वविद्यालय परिसरको सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोग गर्ने सबैको सुरक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद दिँदै प्रशंसा व्यक्त गरे । नेपाल बैंकको कीर्तिपुर शाखाका शाखा प्रबन्धक नारायणप्रसाद दाहालले बैंक र नेपालको प्रतिष्ठित विश्वविद्यालयबीच युगौँदेखि रहेको सम्बन्ध र विश्वविद्यालयले शिक्षा क्षेत्रमा खेलेको अतुलनीय भूमिकाको सह्राना गर्दै बैंकले सडक दुर्घटना न्यूनीकरण एवम् सडक सुरक्षित बनाउन आवश्यक सामग्री सहयोग गर्न पाएकोमा खुसी लागेको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साह र नेपाल बैंकको कीर्तिपुर शाखाका कर्मचारी तारा राईलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया