दुुई दर्जन बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिको प्रक्रियामा
सुरेश राउत
काठमाडौं, असार ४
सञ्चालनमा रहेका दुुई दर्जन बैंक तथा फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका छन् । राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा पाँचवटा बैंकसहितका १९ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको प्रक्रियामा रहेका हुुन् । चालू आवको जेठको अन्तिम सातासम्म सिटिजन्स बैंक इन्टरनेशनल, कुुमारी बैंक, मेगा बैंक, प्राइम कमर्सियल बैंकसहितका संस्थाहरु मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका हुुन् । सोमध्ये सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीयस्तरको सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरिसकेको छ ।
यसैगरी मेगा बैंक नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरी गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । प्राप्तिको लागि मेगा बैंक र गण्डकी विकास बैंकको सेयर आदानप्रदान अनुपात १ः१ रहेको छ । यो प्राप्तिपछि मेगाको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत् वृद्धि भई देशकै एक ठूलो वाणिज्य बैंकको रुपमा स्थापित हुुने लक्ष्य मेगाले लिएको छ । यसैगरी एनएमबी बैंकले पनि क्षेत्रीयस्तरको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रक्रिया सुरु गरेको छ ।
प्राप्तिपश्चात बन्ने एनएमबी बैंकको चुक्ता पुँजी १४ अर्ब ५३ करोड ५४ लाख १७ हजार रुपैयाँ पुुग्नेछ । कुमारी बैंकले पनि राष्ट्रियस्तरको देव विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया सुरु गरेको छ । केही महिनाअघि मात्र कैलाश विकास बैंकलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंकले पुुनः ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया सुरु गरेको छ । लघुुवित्ततर्फ सारथि लघुुवित्त बिमभि संस्थाले पभन नयाँ नेपाल लघुुवित्त वित्तीय संस्थालाई मर्जर गर्ने प्रक्रिया सुरु गरेको छ । जीवन विकास लघुुवित्त वित्तीय संस्थाले पनि सल्भ लघुुवित्त वित्तीय संस्था र गरिबी न्यूनीकरण लघुुवित्त बिमभि संस्थालाई मर्ज गर्ने सुरु गरिसकेको छ । यसबाहेक सजिलो लघुुवित्त वित्तीय संस्थाले समिट लघुुवित्त वित्तीय संस्थालाई मर्ज गर्ने तयारी गरेको छ भने समता लघुुवित्त वित्तीय संस्था र घरेलुु लघुुवित्त वित्तीय संस्थाले पनि एक आपसमा मर्ज गर्ने प्रक्रिया सुरु गरिसकेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुुणाकर भट्टका अनुसार वित्तीय क्षेत्रलाई सबल, व्यवस्थित र सुशासनयुुक्त बनाउनको लागि पनि मर्जर तथा प्राप्तिको प्रक्रियालाई जोड दिएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि मर्जर तथा प्राप्तिलाई प्राथमिकतामा राखेकाले आगामी समय अझै ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिमा जाने प्रवक्ता भट्टले बताए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७६ चैत मसान्तसम्म एक सय ८७ बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा भएको र यसमध्ये एक सय ४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था कायम भएको पनि प्रवक्ता भट्टले बताए ।
अहिले भने नेपाली बैंकिङ क्षेत्रमा सबै किसिमका गरी एक सय ६२ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा छन् । सोमध्ये २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी, ८९ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको पनि प्रवक्ता डा. भट्टले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया