एसियन थाई फुड्स अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागी
काठमाडौं । एसियन थाई फूड्स प्रालि नाइजेरियाको लागोसमा आयोजित ‘फुड एन्ड बेभरेजेज वेस्ट अफ्रिका २०२४’ अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागी भएको छ । जुन ११ देखि शुरु भएको सो मेलामा जुन १३ सम्म चल्ने जनाइएको छ ।
कम्पनीका प्रबन्धक निर्देशक महेश जाजुले विश्वभरिको बजारमा भारतीय उपमहाद्वीपमा तयार पारिएको खाद्य उत्पादन र मसालाप्रति अलगै आकर्षण रहेको बताए । त्यसमध्ये नेपाली खाद्य उत्पादनप्रति पनि अलगै रुचि र आकर्षणको सम्भावना रहेको उनले बताए । अन्तर्राष्ट्रिय व्यापारिक मेला र प्रदर्शनीहरूमा सहभागिता दिनु बजार विस्तारको रणनीति रहेको उनी बताउँछन् । यी प्रदर्शनीहरूमा यस कम्पनीको उपस्थिति पूर्णरूपले आफ्नै खर्चमा भएको हो । कम्पनीले रमपम र प्रीतिलगायतका ब्रान्डहरू उत्पादन गर्ने गरेको छ । कम्पनीले अमेरिका, अस्ट्रेलिया, युरोप, गल्फ राष्ट्रहरूका प्रशोधित खाद्य पदार्थ निर्यात गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया