द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
काठमाडौं । दसेन्चुरियन होटल, विराटनगर र नेक्सजेन म्यानेजमेन्टबीच पुँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
विराटनगर धरान रोडस्थित सहरको केन्द्रविन्दुमा द सेन्चुरियन होटलको १० तल्ले भवन निर्माण सम्पन्न भएको छ । भवनमा व्यावसायिक प्रयोजनका पसलहरू, सभा सम्मेलन, विवाह व्रतबन्धको लागि बैंकेट हल समेत उपलब्ध हुनेछ । सोही भवनको चार तल्लादेखिमाथि पाँच तारेस्तरको एक सय ४६ कोठाको ¥याडिसन विराटनगर होटल सञ्चालन हुनेछ । होटल सञ्चालनको लागि अन्तर्राष्ट्रिय ब्रान्ड ¥याडिसन होटल ग्रुपसँग जुलाइ २०२२ मा सम्झौता भएको थियो ।
होटललाई पाँचतारे तथा अन्तर्राष्ट्रियस्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि थप पुँजी आवश्यक रहेकाले नेक्सजेन म्यानेजमेन्टसँग सम्झौता गरिएको सेन्चुरीयन होटलका अध्यक्ष मोतिलाल दुगडले बताए । उनका अनुसार कम्पनीको पुँजी वृद्धि गर्न, थप संस्थापक लगानीकर्ता ल्याउन तथा अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेन म्यानेजमेन्टसँग सम्झौता गरिएको हो । साथै, कम्पनीको पुँजी वृद्धि गर्न र सर्वसाधारणलाई सेयर निष्काशनका प्रावधानसहित लिमिटेड कम्पनीमा परिणत गर्ने प्रक्रिया पनि अगाडि बढाइएको उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया