Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखाद्य सामग्रीमा मनपरी मूल्य कायम गरी भुक्तानी

खाद्य सामग्रीमा मनपरी मूल्य कायम गरी भुक्तानी


विराटनगर, असार ४
कोभिड–१९ को महामारी खेपिरहेका बेला व्यवसायीबाट कालोबजारी गरेको जनगुनासो बढे पनि सरकारको अनुगमन अत्यन्तै कमजोर भएको हुँदा राहतको नाममा विभिन्न स्थानीय निकायबाट वितरण भएको खाद्य सामग्रीमा मनपरी मूल्य कायम गरी भुक्तानी हुन थालेको छ ।

कोभिड–१९ का कारण नेपाल भारत आवागमन नै बन्द भएको अवस्थामा खुला सिमानाको फाइदा उठाउँदै व्यवसायीहरूले भारतका घरेलु राइसमिलबाट उत्पादन गरिएको खाने तेलदेखि म्याद नाघेका खाद्य सामग्रीलागायत निर्वाधरूपमा नेपाल भित्र्याएर बजारमा मनपरी मूल्य कायम गरी खुलेआम बिक्री वितरण भइरहेको जनगुनासो लकडाउनका समयमा नै बढ्न पुगेको थियो । सरकारले लकडाउन केही खुकुलो बनाएर बजार सञ्चालनमा आएपछि लकडाउनमा राहत वितरण गरेका स्थानीय निकायहरूले खरिद गरिएको खाद्य सामग्रीमा जथाभावी मूल्य कायम गरी भुक्तानी गर्न थालेपछि खाद्य सामग्रीमा कालोबजारी भएको रहस्य खुलेको हो ।

लकडाउनका बेला स्थानीय निकायमा सप्लाई देखी खाद्यान्यका नाममा दाल र चामलको कारोबार गर्दै आएको राजेश अग्रवालको माहावीर ओभरसिजले पछिल्लो समय स्थानीय निकाय समेतलाई प्रभावमा पारी बजार मूल्यभन्दा २० प्रतिशत बढी मूल्य कायम गरी भुक्तानी माग गरेको छ । लकडाउनको मारमा परेको बजारमा खाद्य सामग्रीमा अकल्पनीय मूल्यवृद्धि गरिएपछि अग्रवालको माहिर ओभरसिज नै विवादमा परेको छ ।

बजार अनुगम गर्ने सरकारको निकाय महानगरपालिका र वाणिज्य कार्यालयले बजार अगुमन समेत लकडाउनमा नगरेपछि त्यस्ता व्यापारीको मनोबल बढ्न पुगेको कुरा समाचारस्रोतले बताएको हो । करिब तीन महिनाको लकडाउनमा महानगरपालिकाले झारो टार्ने तरिकाले एक पटक बजार अनुगमन गरेर अहिलेसम्म पनि फेरि बजार अनुगमन नगरेपछि कालाबजारी व्यवसायी उत्साहित भएको दाबी समाचारस्रोतले गरेको हो ।

लकडाउनका समयमा खाद्यान्न व्यवसायीहरूले मानव स्वास्थ्यलाई समेत ख्यालै नगरी म्याद नाघेका खाद्य सामग्री, पेय पदार्थ र भारतबाट आयात भएका कम गुणस्तरका खाने तेल समेत बिक्री वितरण गर्दै राहत वितरणका लागि समेत त्यस्ता वस्तुको सप्लाई दिएको दाबी समाचारस्रोतले गरेको हो ।

खाद्यान्न व्यवसायीले लकडाउनका समयमा मूल्य सूची समेतको अनुसरण समेत नगरी जथाभावी मूल्य कायम गरेको आरोप समेत लाग्ने गरेको अवस्थामा यो मनपरी मूल्य असुलीको नयाँ रहस्य खुलेको हो । व्यवसायीले लकडाउनका बेला खाद्यन्न खरिद तथा बिक्री गर्नका लागि प्रशासनबाट तोकिएको समयमा उपभोक्ताले छोटो समयमा खरिद गर्ने सामानमा कुन म्याद गुज्रेका र कुन म्याद भएका सामान निक्र्योल गर्न नसकेको अवस्थामा व्यवसायीले झुक्याएर सामान खरिद तथा बिक्री गर्ने गरेको गुनासो स्थानीय उपभोक्ताको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x