सूर्यकुण्ड हाइड्रो र कुमारी क्यापिटलबीच सम्झौता
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीले प्रतिसेयर एक सय रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार तीन सय ५० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणहरूमा निष्काशन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौता–पत्रमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको घ्याङफेदीस्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरी ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत्आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ७० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत सेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राइभेट लिमिटेड कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल सामग्रीहरू जडान गरी अबको १० महिनाभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत् शक्ति ३३ केभी डबल सर्किट ट्रान्समिसन लाइनमार्फत आठ किलोमिटर लामो समुद्रटार सबस्टेसनमा जडान गरिने कम्पनीले जनाएको छ । यस संस्थामा संलग्न समूहद्वारा प्रवद्र्धित कम्पनीहरूबाट हालसम्म एक सय मेगावाटभन्दा बढी विद्युत् तथा सौर्य ऊर्जा उत्पादन गरी राष्ट्रको ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार बेचन झा पक्राउ
- रूसको सीमावर्ती गाउँमा युक्रेनी ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु
- एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि
- वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट
- बचतकर्ताको रकम हिनामिना गरेका श्री लालिगुराँस सहकारीका प्रमुख अधिकृत सुरेन्द्र भण्डारी पक्राउ
- पहिराले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोरु अबरुद्ध
- डोटीमा ट्याक्टर दुर्घटनामा निधन
- पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ
धेरैले पढेको
- अवकाश पाइसकेको हुनुपर्ने सिग्देल प्रधान सेनापतिको उम्मेदवार ?
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया