पर्यावरण संरक्षण : आजको आवश्यकता
डा. माधव अधिकारी
वर्तमान समयमा जैविक वस्तु संरक्षण र वातावरण सुधार शब्द निकै लोकप्रिय बनेको कुरा तपाई हामी सबैलाई ज्ञात नै छ । यसले के कति कुराहरू समेट्छ भन्ने बारेमा यो सम्बन्धित विज्ञहरूमा मतैक्यता पाइन्न विभिन्न विद्धान तथा पर्यावरण विज्ञहरूका विचारमा गहिरिएर विचार गर्ने हो भने पर्यावरण वा जैविक वस्तु हामी हाम्रै वरिपरिका प्राकृतिक वस्तुहरू, जैविक तथा अजैविक भौतिक वस्तुहरू, सामाजिक तथा मानव निर्मित सांस्कृतिक संरचना तथा तिनबाट मानव तथा अन्य प्राणी र मानिसका आर्थिक तथा जैविक गतिविधिको अन्तरक्रियाबाट सिर्जित सम्पूर्ण सजीव तथा निर्जीव वस्तुलाई असर पार्ने परिवेशले हरेक तत्वलाई एक आपसमा आत्मनिर्भर बनाएको हुन्छ ।
पृथ्वीमा भएका अनेकौं तत्वहरूमध्ये कुनै एकको घटी वा बढीले अरुलाई समेत प्रभाव पार्दछ । अझ भन्ने हो भने अन्य प्राणी वनस्पति तथा समग्रमा मानव जातिको अस्तित्वमा समेत प्रश्न चिह्न खडा गर्न सक्दछ । त्यसकारण पृथ्वीमा भएका विविध तत्वको आत्मनिर्भरताका कारणले गर्दा नै मानवजातिले पर्यावरणको वचावट र संरक्षणका लागि चिन्तित हुनुपर्ने अवस्था देखापरेको छ । पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित हुन्छन् ।
नेपाल राष्ट्रिय सिमसार नीति २०५९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिमरूपमा बनेको दलदल क्षेत्र हो । सिमसार रसिलो भूमि हो । यहाँ जमीन लुक्दैन र पानी सुक्दैन । सिमसारको मुख्य २ विशेषता भनेको पानी र जमीन हो । सिमसार क्षेत्र विश्वकै सबैभन्दा बढी उत्पादनशील पारिस्थितिकीय प्रणाली मानिन्छ । भू–क्षय न्यूनीकरण, पानी शुद्धीकरण एवं भण्डारण, बाढीको पानी संकलन एवं रोकथाम, खोलामा पानीको स्तर नियन्त्रण आदि सिमसार क्षेत्रको विशेषता हुन् ।
सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार सहरमा विश्व सिमसार सम्मेलनको आयोजना भएको थियो । सो सम्मेलनमा एक सय ५६ मुलुकका प्रतिनिधिहरू सहभागी भई सिमसारको संरक्षण तथा व्यवस्थापनमा जोड दिनुपर्ने अभिसन्धि पारित भयो । यसै सन्दर्भमा नेपालले सन् १९८७ मा सिमसार महासन्धिमा हस्ताक्षर ग-यो । सन् १९८५ फेब्रुअरी २ तारिखदेखि विश्व सिमसार दिवस मनाउन सुरु भयो भने नेपालले सन् १९९१ बाट यो दिवस मनाउन थाल्यो । रामसार सन्धिको ४० वर्षे यात्रामा यो वर्षको फेब्रुअरीमा विश्वव्यापीरूपमा सिमसार दिवस मनाइयो । तर विडम्बना, नेपालको इतिहासमा अहिले सबैभन्दा बढी वन विनास र अतिक्रमण भएको पाइन्छ । पछिल्लो दुई वर्षको अवधिमा मात्र लगभग ९० हजार हेक्टर वनक्षेत्र अतिक्रमित भइसकेको छ । अहिले हामी भने इतिहासमै कालो धब्बामा रहेको वन अतिक्रमणको चपेटामा परेका छौँ ।
नेपालमा झण्डै पाँच हजार चार सयको हाराहारीमा सिमसार क्षेत्र रहेको छ । नेपालमा झण्डै सात लाख ४३ हजार पाँच सय हेक्टरको क्षेत्रफलमा सिमसार क्षेत्र फैलिएको छ । यो नेपालको कुल क्षेत्रफलको ५ प्रतिशत भू–भाग पर्दछ । नेपालमा करिब पाँच हजार ताल, एक हजार तीन सय ८० जलाधार र पाँच हजार एक सय ८३ पोखरी छन् । नेपालमा गोक्यो ताल समूह, गोसाइँकुण्ड ताल समूह, शे–फोक्सुण्डो ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुल जलाशय, घोडाघोडी तालक्षेत्र, माईपोखरी र पोखरा भ्याली ताल समूह गरी १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत भइसकेका छन् ।
विश्व बैंकको सहस्राब्दी वातावरणीय मूल्यांकन प्रतिवेदनअनुसार विश्वभर रहेका सिमसारले वर्षेनी १४ खरब अमेरिकी डलरबराबरको वातावरणीय वस्तु तथा सेवा प्रदान गर्दै आइरहेको छ । नेपालको ११ प्रतिशत जनसंख्या सिमसार क्षेत्रमा निर्भर छन् । हिन्दुकुश हिमालय खण्डमा जमेको चार हजार वर्ग किमी क्षेत्रको हिउँ र बरफले एक अर्ब ३० करोड जनसंख्यालाई नदीनालाको माध्यमबाट पानी उपलब्ध गराएको पाइन्छ । बढ्दो वन फँडानी र अतिक्रमणसँगै प्राकृतिक स्रोतको अनियन्त्रित प्रयोग भई सिमसार नासिँदै छ । वास्तवमा भन्ने हो भने सिमसार खेत र घडेरीमा परिणत भएको छ ।
नेपालको फेवातालको मात्र उदाहरण लिने हो भने २०३१ सालमा १२ हजार सात सय रोपनी क्षेत्रफलमा फैलिएको ताल यतिखेर सात हजार पाँच रोपनीमा खुम्चिन पुगेको छ । अत्याधिक चरण, जडीबुटी संकलन, जलकुम्भी, वनमारा आदिबाट सिमसार संकटमा परेको छ । मानव स्वयंले पर्यावरणप्रति गरेको बेवास्ताले वर्तमानमा प्रचुर मात्रामा धनजन तथा मानवीय सुखसमृद्धिका आधार संरचनाहरू नष्ट हुँदै गएका छन् ।
वर्तमान समयमा वातावरण वा पर्यावरणलाई अति महत्वका साथ हेर्नुपर्ने हुन्छ । विश्वमा हरेक देशका योजनाकार र नीति निर्माताहरू पर्यावरणलाई असर पार्ने तत्वहरूको पहिचान गरेरमात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्थामा पुगेका छन् । यो परिणाम विगतमा मानिसले पर्यावरणप्रति गरेको बेवास्ताको फलस्वरूप नै विभिन्न समस्या आएको हो । विगतका कार्य, समयको क्रममा तिनीहरूबाट उत्पन्न परिणाम तथा त्यसले मानिसलाई पारेको नोक्सानी हेर्दा जैविक वस्तुको संरक्षण एवं पर्यावरणको दिगो विकास दीर्घजीवी हुन नसक्ने कुरा प्रस्ट छ । मानव जातिको समुन्नति एवं अस्तित्वकै लागि पनि पर्यावरणको महत्व प्रस्ट हुँदै गएको छ । अतः पृथ्वीका सम्पूर्ण जातिको सुखसवृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जे–जति महत्व छ त्योभन्दा बढी पर्यावरणको संरक्षण पनि अपरिहार्य छ ।
विश्वमा बढ्दै गएको पर्यावरणीय विनाशले पृथ्वीमा नै ल्याएको नकारात्मक परिणाम तथा संङ्केतहरूले गर्दा आजको विश्वका हरेक देशमा पर्यावरणलाई महत्व दिन आवश्यक छ । राष्ट्रमा विकास आयोजनाको सञ्चालन गर्दा विद्यालय, विश्वविद्यालय तहका पाठ्यक्रम तयार गर्दा वा अन्य महत्वपूर्ण कार्य गर्नका लागि पर्यावरणीय पक्षलाई विशेष महत्वका साथ हेर्नुपर्ने हुन्छ । वर्तमान समयमा मानिसले आफ्ना आवश्यकताहरू पूरा गर्नका लागि विभिन्न क्रियाकलापहरू अगाडि बढाइरहेका छन् । यस प्रक्रियामा प्रशस्त मात्रामा जैविक वस्तु नाश गर्ने अनेकौँ समस्याहरू देखापरेका छन् । उत्पादन तथा उपयोगमा नकारात्मक प्रभाव पार्ने हुन्छन् । पर्यावरणको अध्ययन तथा जैविक वस्तु संरक्षणले उच्च तथा चिरस्थायी गुणस्तरीय जीवन बनाउन सहयोग पु-याउन सकिन्छ ।
पृथ्वीलाई सुन्दर बनाउन तथा मानवजातिको समस्तिगत हितका लागि जैविक विविधताको संरक्षण अति आवश्यक शर्त हो । तसर्थ पर्यावरण संरक्षण जैविक विविधता अति आवश्यक एवं महत्वपूर्ण हुन्छ । पर्यावरणको संरक्षणले विभिन्न स्थान, अवस्था तथा परिवेशमा विद्यमान विविधताको संरक्षणको उपायहरू अवलम्बन गर्नुपर्छ ।
विश्वमा गरिब मानिसहरूको संख्या अधिक छ । त्यसमा पनि कम विकसित देशमा गरिव तथा खाद्यान्नको संकटबाट गुज्रनेहरूको जमात बृहत् छ । वर्तमान समयमा खेतीपातीबाट मात्र हुने उत्पादनले खाद्यान्न पूर्ति नहुने हुँदा जंगली वस्तुहरू कन्दमूल, फलफूल आदिले पनि जीविकोपार्जनमा सघाउ पु¥याउँछन् । पर्यावरण संरक्षणले मानिसले खाद्यवस्तुका रूपमा स्वीकार गर्ने वस्तुहरू के–कस्ता छन् ? तिनीहरूको उत्पादन कसरी हुन्छ ? र जैविक विविधतालाई संरक्षण गरेर नै कति वस्तुहरू प्राप्त गर्न सकिन्छ भन्ने कुराको जानकारी लिइन्छ । यस्तो अवस्थामा खाद्यान्नको संकट व्यहोरिरहेका गरिवहरूको संकटपूर्ण अस्तित्वलाई केही मात्रामा भए पनि राहत पनि पुग्नेछ र पर्यावरण र जैविक संरक्षण पनि भई स्वच्छ, हराभरा वातावरणमा जीवन बिताउन मदत भई गुणस्तरीय जीवन आजको आवश्यकता भन्ने कुरा सफलीभूत पार्न वायु, ध्वनि, भू, जल र दृश्य प्रदूषण निराकरणको लागि जैविक विविधता पर्यावरण संरक्षण गर्नु आजको समयको माग हो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया