सेकेन्डह्यान्ड सवारीका लागि पनि कर्जा लगानी नीति ल्याउन माग
काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यवसायी संघले सेकेन्डह्यान्ड सवारीका लागि पनि स्पस्ट कर्जा लगानी नीति ल्याउन सरकारसँग माग गरेको छ ।
नेपाली बजारमा नयाँ गाडीभन्दा पुराना गाडी खरिद गर्ने ग्राहक धेरै रहेको भए पनि सरकारसँग स्पष्ट कर्जा लगानी नीति नभएको कारण व्यवसायी तथा ग्राहकहरू समस्यामा रहेको संघको भनाइ छ । पुराना गाडी सट्टापट्टा तथा बिक्री गर्दै आएका व्यवसायीहरूले आफ्ना जटिल समस्याहरू भए पनि त्यसबारे राज्य बेखबर रहेको गुनासो गरेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष रमेश प्रसाद कोइरालाले हेर्दा सामान्य तर केही व्यावहारिक समस्याहरूबाट रिकन्डिसन अटो व्यवसायीहरू प्रताडित रहेको बताए । बैंकहरूले रिकन्डिसन गाडी र विशेषगरी विद्युतीय सवारी साधनमा लगानी गर्न अनिच्छा देखाएको उनको गुनासो छ । त्यसको मार ग्राहक र व्यवसायी दुवैलाई पर्ने उनले बताए । यस्तै, उनले अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक रहेको बताए । उनले भने, ‘अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक छ । आधुनिक प्रविधिहरूको ज्ञान र प्रयोगबाट हामी हाम्रो व्यवसायलाई अझ प्रतिस्पर्धी बनाउनेछौँ । यसले हामीलाई नयाँ बजारमा प्रवेश गर्न र वर्तमान बजारमा आफ्नो स्थिति बलियो बनाउन मद्दत गर्नेछ ।’
यस्तै, संघका कानुनी सल्लाहकार अधिवक्ता रुद्र ढुङ्गेलले पुराना गाडीको कारोबारलाई व्यवस्थित गर्न राज्यको ध्यान केन्द्रित हुन सके यो क्षेत्रले राज्यको लागि अतुलनीय कर योगदान गर्दै स्वदेशमा नै रोजगारी समेत सिर्जना गर्ने बताए । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ ‘प्रयोग भइसकेका वा रिकन्डिसन अटोमोबाइल्स’हरूको खरिद तथा बिक्री गर्ने व्यवसायीहरूको छाता संस्था हो । यो २०७२ साल फाल्गुण १९ गते स्थापना भएको हो । हाल यस संघमा देशभरिबाट करिब एक सय ४४ जना सदस्यहरू सक्रिय रहेका छन् । कोशी र गण्डकी प्रदेशमा संघको प्रदेश संगठनहरू गठन भई यसै आर्थिक वर्षभित्रमा अन्य पाँच वटा प्रदेशहरूमा समेत प्रदेश संगठनहरू तयार गर्ने संघको लक्ष्य छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
- झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा
- नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने
- अर्थतन्त्रलाई लायमान बनाउन पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण छ: कार्यवाहक प्रधानमन्त्री
- उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
- ‘निर्माण व्यवसायीको ४५ अर्ब भुक्तानी गर’
- मानवता इतिहासकै कठिन मोडमा रहेकाले विश्व एकता आवश्यक छ: परराष्ट्रमन्त्री
- सुस्तामा एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया