Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्यज्योति लाइफको मोबाइल एप ६० हजार डाउनलोड

सूर्यज्योति लाइफको मोबाइल एप ६० हजार डाउनलोड


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले अहिलेसम्म आफ्नो मोबाइल एपको डाउनलोड ६० हजारभन्दाबढी पुगेकोमा यसलाई महत्वपूर्ण उपलब्धि भएको जनाएको छ । मर्जरपश्चात् परिमार्जन गरीसेवामा ल्याएको सूर्यज्योति मोबाइल एपले छोटो समयमै प्राप्त गरेको यो उपलब्धिले एपकोबढ्दो लोकप्रियता र ग्राहक तथा बीमितहरूले सूर्यज्योति लाइफ इन्स्योरेन्सप्रति राखेकोविश्वासलाई उजागर गरेको विश्वास कम्पनीले गरेको छ ।

यो एपको प्रयोगले अभिकर्ताहरूलाईव्यवसाय विस्तार गर्न र बीमा योजनासम्बन्धी सम्पूर्ण जानकारी लिन सहज हुने र सक्रियअभिकर्ताबीच आफ्नो टिम व्यवसाय विस्तार गर्न अमूल्य भूमिका खेल्ने कम्पनीले जनाएको छ । यो एपमा एकदमै परिष्कृत प्रिमियम क्याल्कुलेटरको सुविधा भएका कारण अभिकर्ताहरूलेबीमितको उपयुक्त विवरणहरू समावेश गर्ना साथ बीमितको प्रिमियमको जानकारी तुरुन्तै पाउनसकिने र कुन बीमा पोलिसी लिन उपयुक्त हुन्छ सोको अनुमान तुरुन्तै गर्न सकिन्छ ।

अभिकर्ताहरूले आफ्नो टिम, व्यवसाय, बीमितहरूको विस्तृत जानकारी, मेडिकलसहितको प्रिमियम, नवीकरणसम्बन्धी विवरण, आयविवरण, अभिकर्ता सञ्जाल, नोटिफिकेसन तथा अन्यथुप्रै सुविधाहरू समावेशभएकै कारण सूर्यज्योति मोबाइल एप अभिकर्ताहरूको रोजाइमा परेको हो ।जसलेगर्दा उनीहरूलाई आफ्नोआम्दानीलाई प्रभावकारीरूपमा व्यवस्थापन गर्न रआफ्नो वित्त व्यवस्थापन गर्न मद्दत पुग्छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्रीले एपको उल्लेखनीय सफलताले आफूलाई थप उत्साहित बनाएको,व्यक्त गर्दै भने ‘हाम्रो एप ६० हजारभन्दा बढी डाउनलोड भएको र सूर्यज्योति लाइफका १० हजार रजिस्टर्ड अभिकर्ताहरूले यो सुविधाहरू प्रयोग गर्नुभएकोमा हामी धेरै खुसी भएका छौँ । हाम्रा ग्राहकहरू र अभिकर्ताहरूका लागि डिजिटल माध्यमबाट उत्कृष्ट एवं नवीनतम् प्रविधिमार्फत सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको यो ज्वलन्त उदाहरण हो । जीवन बीमासम्बन्धी सेवा र सुविधाहरूलाई सरल र सुलभ बनाउन हाम्रो एपले प्रभावकारी भूमिका खेल्नेमा हामी ढुक्क छौँ ।

साथै,बीमा क्षेत्रमा डिजिटल प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफूले प्रदान गर्ने सेवालगायत सूर्यज्योति लाइफको एपमा समय सापेक्ष परिमार्जित र परिष्कृत गर्दै लैजाने विश्वास खत्रीले बताए । सूर्यज्योति लाइफ इन्स्योरेन्स एप डाउनलोड गर्नका लागि एप्पल एप स्टोर वा गुगल प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x