Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभाटभटेनी अध्यक्ष गुरुङले ११ करोड लागतमा त्रिवि शिक्षण अस्पताल भवन बनाइदिने

भाटभटेनी अध्यक्ष गुरुङले ११ करोड लागतमा त्रिवि शिक्षण अस्पताल भवन बनाइदिने


काठमाडौं, असार ४
भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् । भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङ र भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन बनाउन लागेका हुन् । अध्यक्ष गुरुङका अनुसार नयाँ भवन निर्माणमा करिब ११ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । बेसमेन्टसहित पाँचतलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ ।

गुरुङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए । ‘हामीले यसअघि पनि १० करोडजति लगानीमा त्यहाँ भवन बनाइदिएका थियौं’, भाटभटेनीका अध्यक्ष गुरुङले भने, ‘अहिले बनाउन लागेको भवनमा फर्निचर र आवश्यक सामग्री पनि उपलब्ध गराउने भनेका छौं । त्यहाँ भेन्टिलेटरसहितको व्यवस्था हुन्छ । यसअघि ६ महिनाभित्रै तयार गर्ने योजना थियो तर कोरोना महामारीका कारण निर्माणको काम केही लम्बिने देखेका छौं । १० महिनाभित्रै हामीले उक्त भवन हस्तान्तरण गर्ने योजना छ ।’ भवनको शिलान्यास बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन् । भवन १० महिनाभित्रै तयार पारेर हस्तान्तरण गर्ने योजना छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x